माथिल्लो तामाकोशीको साधारण शेयर: आवेदन गर्ने जति सबैलाई ४० कित्ता दिने तयारी,आज बाँडफाँड हुँदै

५ बर्ष अगाडि

काठमाडौं– माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले गत महिना बिक्री गरेको साधारण शेयरको आज बाँडफाँड गर्ने भएको छ ।

आज अपराह्न साधारण शेयरको बाँडफाँड हुने कम्पनीले जनाएको छ ।अ ायोजनाको शेयरमा लगानी गर्नेलाई के कति मात्रामा शेयर पर्ला भन्ने आम मानिसको चासो र जिज्ञासा समेत रहेको छ ।

नेपालकै हालसम्मकै ठूलो आयोजनाको रुपमा रहेको र त्यसमाथि पनि नेपाली लगानीमा नै निर्माण भइरहेको आयोजना प्रति आम मानिसको चासो रहेको छ । चासो हुनु र रहनु पनि स्वभाविक नै हो ।

 तर आयोजनाको भौतिक प्रगति प्रभावकारी नभएको तथा भारतीय ठेकेदार कम्पन िटेलम्याकोले प्रभावकारी काम गर्न नसकेको भन्दै गुनासो आइरहेको बेला आयोजना आज शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीकाअनुसार न्यूनतम रुपमा आवेदन गर्ने सबैलाई ४० कित्ताका दरले शेयर बाँडफाँड गरिनेछ । बाँकी रहेको शेयर भने गोलाप्रथाका आधारमा वितरण गरिनेछ । त्यसआधारमा न्यूनतम ४० कित्ता र अधिकतम ५० कित्ताका दरले शेयर पाउन सक्ने कम्पनीको दावी रहेको छ ।

सबै आवेदकर्तालाई शेयर दिने तयारी गरिएको छ । कम्पनीले दोहोरो आवेदन गर्ने करिब ६ हजार ५०० बढीको आवेदन रद्द गरेको छ ।

दोलाखाको लामाबगरमा निर्माणाधिन कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको शेयरमा आवेदन गरेका र सबै प्रक्रिया पूरा भएका सबैलाई साधारण शेयर वितरण गरिनेछ ।

कम्पनीका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले सबैलाई शेयर दिने लक्ष्यका साथ बाँडफाँड गर्न लागिएको बताए ।

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनलिे गत कात्तिक १४ गतेदेखि १९ गतेसम्म साधारण शेयर बिक्री गरेको गरेको थियो । त्यसअघि स्थानीयबासी र कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता तथा लगानीकर्ता कम्पनी वा संस्थाका कर्मचारीलाई समेत शेयर बिक्री गरेको छ ।

कम्पनीले कूल रु १० अर्ब बराबरको साधारण शेयर बिक्री गरेको हो । शेयर बिक्रीको सबै प्रक्रिया पूरा भएको जानकारी दिँदैक म्पनीले अब निकट भविस्यमा नै कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुने समेत जनाएको छ ।

कम्पनीको शेयर खरिदका लागि ३ लाख बढीले अवोदन दिएका थिए । कूल आवेदन मध्ये ६ हजार ५०० को आवेदन रद्द भएको थियो ।

कम्पनीले सर्वसाधारणलाई कूल पूँजीको १५ प्रतिशत अर्थात १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता शेयर बिक्री गरेको थियो । त्यसमा ७ लाख ९५ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोष र बाँकी सर्वसाधारणका लागि छुट्याइएको थियो ।

साधारण सेयर खरिदका लागि माग भन्दा बढी अर्थात् चार गुणा बढी आवेदन परेको थियो । कम्पनीले  ऋणदाता संस्थाका कर्मचारी, नेपाल विद्युत प्राधिकरण कर्मचारी र आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको शेयर बिक्री गरी बाँडफाँड समेत गरिसकेको छ । यस्तै कर्मचारी सञ्चय कोषका लगानीकर्तालाई बिक्री गरेको शेयर समेत बाँडफाँड भइसकेको छ ।

कम्पनीले आगामी पुस मसान्त मै विद्युत् उत्पादन सुरु गर्ने जनाएपनि निर्माण व्यवसायीको लापरवाही तथा अन्य प्राविधिक कारणले आयोजना तोकिएको समयमा पूरा नहुने जनाएको छ ।

आयोजनाले आगामी असार मसान्तदेखि विद्युत् उत्पादन सुरु गर्नेछ । त्यसलाई उसले परिक्षण उत्पादनको नाम दिएको छ । आगामी कात्तिकदेखि भने व्यवसायिक उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया