तामाकोशीको शेयर बाँडबाँड, आवेदन दिने सबैले पाए ४० कित्ता

५ बर्ष अगाडि

काठमाडौं–नागरिक लगानी कोषको निष्काशन तथा विक्री प्रवन्धकत्व रहेको माथिल्लो तामाकोसी हाइड्रोपावरको शेयर मंगलबार बाँडफँड गरिएको छ । 
सामुहिक लगानी कोषका लागि छुट्याइएको  ७ लाख ९४ हजार २५० कित्तासहित कूल १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर गत कात्तिक १९ देखि १९ सम्म् सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । 
नतिजाअनुसार ५० कित्तादेखि १००० कित्तासम्म आवेदन दिने  आवेदनहरुको ६ करोड ४६ लाख १८ हजार ८४३ कित्ता शेयरको लागि न्यूनतम ४० कित्ता शेशयरका दरले  १ करोड ३३ लाख ६३ हजार बाँडफाँड गरिएको छ । 
यस्तै फाँडफाँडबाट बाँकी रहेका १७ लाख २७ हजार ७५० कित्ता शेयरका लागि पुन ३ लाख ३४ हजार ७५ जना आवेदक मध्येबाट गोलाप्रथाद्वारा १० कित्ताका दरले  कूल १ लाख ७२ हजार ७७५ जना आवेदक छनोट गरी १० कित्ता थप गरिएको जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया