रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा

५ बर्ष अगाडि

नुवाकोट– रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि यहाँ औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 
बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्याग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गर्दै जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने बताउनुभयो । 
कार्यक्रममा इन्सुरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले बीमा बजारको क्षेत्र ठूलो भएको र यो व्यापार मात्र नभई सामान्य नागरिकको सेवा समेत भएको बताउनुभयो । रु दुई अर्ब १० करोड चुक्ता पूँजी रहेको इन्सुरेन्सका हाल ४० शाखा स्थापना भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया