रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

५ बर्ष अगाडि

स्पेनिस पावर हाउस रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । साविक विजेता रियल नकआउट चरणमा प्रवेश गरेको यो लगातार पन्ध्रौं पटक हो ।

लिग अन्तर्गत मंगलबार राती भएको समूह जी को खेलमा रियलले इटालियन प्रतिस्पर्धी रोमालाई २–० गोलले हरायो । पहिलो हाफमा गोलरहित बराबरीमा चित्त बुझाएको रियलले दुवै गोल दोस्रो हाफमा ठोकेको थियो ।

रियलले ४७औं मिनेटमा खाता खोल्यो । रियलका स्टार खेलाडी गारेथ बेलले रोमाको रक्षापंक्ति चिर्दै गोल गरेका थिए । त्यसपछि ५९औं मिनेटमा लुकास भाजक्वीजले दोस्रो गोल गर्दै टोलीको जित पक्का जस्तै बनाए । पहिलो हाफमा केही राम्रो अवसर बनाएको रोमा दोस्रो हाफमा जम्न सकेन ।

जितसँगै समूह जी मा रहेको रियल १२ अंकका साथ तालिकाको शिर्ष स्थनमा छ । नौ अंक बनाएको रोमा पनि समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।

यही समूहको अर्को खेलमा भिक्टोरिया प्लेजेनले सीएसकेए मस्कोलाई २–१ गेलले हरायो । समूहमा समान चार अंक बनाएका ४ अंक भिक्टोरिया मस्को र प्लेजेन समूह चरणबाट बाहिरिएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया