जलविद्युत् कम्पनीका शेयर बिक्रीका नयाँ व्यवस्था, स्थानीयबासीलाई भन्दा पहिल्यै सर्वसाधारणलाई पनि बेच्न सकिने

५ बर्ष अगाडि

 

काठमाडौँ – गत असारमा रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीले रसुवाको सदरमुकाम धुन्चेमा एक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरे ।  कार्यक्रमको प्रमुख उद्देश्य थियो , ती दुइृ आयोजनाले स्थानीयबासीलाई साधारण शेयर बिक्री गर्ने र त्यसको लागि वातवारण बनाउने ।

आयोजनाका तर्फबाट शेयरको लाभ हानीका विषयमा राम्रै प्रस्तुती पनि गरियो । सकेसम्म सथानीयलाई विश्वासमा लिने प्रयास पनि गरियो । आयोजनाका प्रमुख तथा जानकारले राम्रै प्रवचन पनि दिए । तर स्थानीयबासी तत्काल साधारण शेयर खरिद गर्ने अवस्थामा पुगेनन् ।

किनकी भूकम्प पछिको पुनः निर्माणमा लागेको, आफूहरुसँग करिब रु एक अर्ब बराबरको सेयर खरिद गर्ने रकम नभएको भन्दै उनीहरुले गुनासो गरे । स्थानीयबासीको चर्को विरोध पछि आयोजनाका प्रमुख तथा जानकार चुपचाप कार्यक्रमबाट फर्के । कारण थियो, स्थानीयले साधारण शेयर खरिद गर्न मानेनन् ।

स्थानीयबासीले कानूनी जटिलता फकाुउन र त्यसका लागि नियमक निकाय नेपाल धितोपत्र बोर्डलाई आग्रह गर्न समेत सुझाव दिए । सोही सुझावलाई लिएर आयोजना प्रमुख तथा पदाधिकारी फर्किएका थिए ।
कम्पनीलाई स्थानीयबासीको सुझाव ठिकै लागेपनि कानूनी प्रबन्ध अनुसार पहिला स्थानीयबासी अर्थत् आयोजना प्रभावितलाई नै साधारण शेयर बिक्री गर्नुपर्ने व्यवस्था छ ।

स्थानीयबासीको माग बमोजिम नै रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले धितोपत्र बोर्डलाई आग्रह गरे । सोही आग्रहका आधारमा पछिल्लो पटक बोर्डले स्थानीयबासीलाई साधारण शेयर दिनु भन्दा पहिले नै सर्वसाधारणलाई शेयर दिन सक्ने व्यवस्थामा परिवर्तन गरिदिएको छ ।

बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।  स्थानीयले कुनै कारणवश सेयर किन्न नचाहे वा कम्पनीले पहिला सर्वसाधारणमा निष्कासन गर्ने इच्छा देखाए आवश्यक निर्णय गर्न सक्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

बोर्डले  गत कात्तिक १२ गते नै उक्त निर्देशिका संशोधन गरिएको जनाएको छ ।  स्थानीयभन्दा अघि सर्वसाधारणलाई सेयर निष्कासन गरे त्यस्ता संस्थाले आयोजना प्रभावितका लागि निष्कासन गर्ने सेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जलविद्युत कम्पनीले  सार्वजनिक निष्कासन गरेको ६ महिना वा विद्युतको उत्पादन सुरु हुनुभन्दा ३ महिनामा जुन पहिला हुन्छ सो समयभित्र स्थानियलाई सेयर दिनुपर्ने छ ।

सोही  प्रावधानमा  आधारमा अब रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरिरहेका छन् । आगामी पुसको अन्तिम सातासम्म दुवै कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया