राप्रपालाई चाँडै विद्युतिय प्रणालीमा लगिदै

५ बर्ष अगाडि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सूचना प्रविधि विभागका प्रमुख कमल थापाको अध्यक्षतामा सूचना प्रविधि विभागको बैठक सम्पन्न भएको छ ।

 सो बैठकले सूचना प्रविधिका बारेमा जानकार गराउने उद्देश्यले पार्टीका केन्द्रीय सदस्यहरुलाई ओरियन्टेसन दिने, पार्टीका सम्पूर्ण डकुमेण्टहरुलाई क्रमशः कम्प्यूटराइज्ड गर्दै विद्युतीय तवरमा लैजाने निर्णय गरेको छ । पार्टीका गतिविधीहरुलाई जनसमक्ष पु¥याउने हेतुले विभागले मासिक पत्रिका समेत प्रकाशन गर्ने निर्णय समेत गरेको छ । 

राप्रपालाई युवामैत्री बनाउँदै स्मार्ट पार्टीको रुपमा लैजाने नीति अनुसार सूचना प्रविधि विभागले पार्टीका हरेक गतिविधी र महत्वपूर्ण कागजातहरुलाई विद्युतीय पद्धतीमा रुपान्तरण गर्ने कार्य तत्काल प्रारम्भ गरि आगामी वर्षमा सम्पूर्ण जानकारीहरु विद्युतीय प्रणालीमार्फत सार्वजनिक गर्ने तयारी गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बताए । बैठकमा पार्टीका महामन्त्री भास्कर भद्रा, सहायक कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदी समेतको उपस्थिति रहेको थियो ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया