सुनिल र रञ्जना ब्याडमिन्टन च्याम्पियनसिपकाे अन्तिम आठमा

५ बर्ष अगाडि

काठमाडौं–नेपालका सुनिल जोशी र रञ्जना भट्ट दोश्रो दक्षिण एशियाली यु – २१ ब्याडमिन्टन च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेका छन् ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सुनिलले पुरुष एकलमा मालदिभ्सका निबाल अहमदलाई २१ । १२, २१ । १५ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । यस्तै महिला एकल तर्फ रञ्जनाले बंगलादेशकी उर्मी अख्तरलाई २१ । १९, २१ । १८ ले पाखा लगाईन् ।
सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको प्रतियोगित नेपाललाई जित दिलाउने क्रममा नेपालका पिन्स दाहाल, प्रफुल महर्जन र नविन श्रेष्ठले बाजी मारे । प्रिन्सले श्रीलङ्काका भिरेन नेतासिंघेलाई २१ । ९, २१ । १६, प्रफुलले मालदिभ्सका माहम्मद राफाहलाई २१ । ४, २१ । ८ तथा नविनले बंगलादेशका गौरव सिंहलाई २१ । १७, २१ । ७ ले पराजित गरे । महिला एकल तर्फ रञ्जना बाहेक नेपाली खेलाडीले आफुलाई अगाडी बढाउन असफल भए । महिला एकल तर्फ रशिला महर्जन भारतकी माल्भिका बान्सोद संग २१ । १०, २१ । १२, जेशिका गुरुङ्ग श्रीलङ्काकी दिल्मी दियास संग २१ । ८, २१ । १५ ले तथा सुनैना मुखिया श्रीलङ्काकै २१ । ८, २१ । ९ ले पराजित भए ।
यसैगरि अन्य खेलमा पुरुष एकल बंगलादेशका मंगल सिंहले मालदिभ्सका अकिफ मोहम्मदलाई २१ । ५, २१ । १८ ले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरे । क्वाटरफाईनलमा प्रवेश गर्ने क्रममा भारतका प्रियान्सु रजावतले श्रीलङ्काका चिराथ इल्लेपेरुमाचीलाई २१ । ११, २५ । २३ले, श्रीलङ्काका रन्थुस्का ससिन्दुले आफ्नै देशका चामाथ दियासलाई २१ । १६, २१ । १९ ले तथा भारतका ध्रुव रावतले श्रीलङ्काका धुमिन्दु अभयविक्रमेलाई २१ । ११, २१ । १७ ले पाखा लगाए । 
यस्तै महिला तर्फ बंगलादेशकी फवरिन विन्ते इमदाद हृदिताले मालदिभ्सकी माशा रशिदलाई १९ । २१, २१ । १७, २१ । १६, श्रीलङ्काकी हसरा विजयरत्नेले मालदिभ्सकी अमिनाथ नविहालाई २१ । १०, २१ । १९ ले तथा भारतकी पूर्वे बार्भेले बंगलादेशकी रश्मा अख्तरलाई २१ । ७, २१ । ७ ले पराजित गर्दै क्वाटरफाईनलको यात्र तय गरे ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया