सनराइज क्यापिटलको बदमासी ? माथिल्लो तामाकोशीमा शेयर हाल्नेले पाएनन् पैसा फिर्ता

५ बर्ष अगाडि

काठमाडौ – माथिल्लो तामाकोशी जल विद्युत् कम्पनीको सर्वसाधारणले शेयर भरेको रकम बैंक तथा वित्तीय संस्थाले शेयर आवेकको खातामा फिर्ता गरिसकेपनि स्थानीयबासीले अझै फिर्ता पाउन सकेका छैनन ।

आम सर्वसाधारणलाई गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म शेयर आवेदन गर्ने समय तोकिएको थियो । शेयर आवेदन कर्तालाई बैंक तथा वित्तइि संस्थाले लक गरेको रकम फिर्ता गरिसकेका छन् । शेयर पर्नेको परेको जति रकम कट्टा गरेर अरु रकम फिर्ता भएको छ । तर गत साउनमा आवेदन दिएका दोलखाबासीका धेरै जसो रकम अझै पनि फिर्ता हुन सकेको छैन ।

विशेष गरी सनराइज क्यापिटल र सनराइज बैंकको बीचमा देखिएको प्राविधिक समस्याको कारण देखाएर शेयर अवोदन गर्दा बुझाएको रकम फिर्ता हुन नसकेको हो ।

रकम फिर्ता नभएपछि ऋण काढेर शेयरमा लगानी गरेको दोलखाबासी नराम्ररी समस्यामा परेका छन् ।

धेरै जसो लगानीकर्ता आजकल नागरिक लगानी कोष र सनराइज क्यापिटलमा धाउँदा धाउँदै हैरना भएका छन् । 
एक स्थानमाबाट अर्को स्थानमा जा, अर्कोबाट अर्कोमा भन्दै सनराइज क्यापिटलले हैरान पारेको उनीहरुको भनाइ छ ।

ऋण काढेर फाइदा होला भनेर माथिल्लो तामाकोशीको शेयरमा लगानी गर्यौ, अहिले पैसा फिर्ता लिन झन हैरानी खेप्नु परेको छ , दोलखा नाम्दुमा शंकर कार्कीले भने ।

सनराइज बैंक र सनराइज क्यापिटलले आफूहरुलाई दुःख दिएको उनको भनाइ छ ।

यस्तै दोलखा फुस्कुका कासु काकीृ पनि त्यसका अर्का उदाहरण हुन । उनले समेत माथिल्लो तामाकोशीमा शेयर लगानी गर्दा बैंकलाई बुझाएको रकम अझै फिर्ता पाउन सकेका छैनन । डिम्याट खाता नभएपनि शेयर भनृ पाउने, जहाँबाट पनि शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएका कारण आम दो

लखाबासीले कूल पूँजीको १० प्रतिशत अर्थात् रु एक अर्ब पाँच करोड बराबरको शेयरमा लगानी गरेका थिए । अन्य बैंक तथा वित्तीय संस्थाले शेयर नपरेको बाहेक अन्य रकम सम्बन्धि व्यक्तिलाई फिर्ता दिएपनि सनराइज बैंक र सनराइज क्यापिटलले फिर्ता दिन सकेको छैन ।

दुई महिना बित्न लाग्दा समेत शेयरमा लगानी गरेको रकम फिर्ता नपाउँदा उनीहरु समस्यामा परेका छन् । तामाकोसीको सेयरका लागि सहकारीबाट ऋण लिएर आवेदन दिनेहरु पनि उल्लेख्य मात्रामा रहेका छन् । न्यूनतम १६ प्रतिशतदेखि अअधिकतम २० प्रतिशत सम्म व्याजमा लिएको रकम फिर्ता नहुँदा उनीहरु चरम समस्यामा परेका छन् । आयोजनाको सुरुवाती चरणमा सबै दोलखाबासी करोडपति हुने भनेर फैलाइएको हल्ला समेत गलत साति भएको भन्दै दोलखाबासीलाई माथिल्लो तामाकोशीको शेयर हात्त िआयो हात्ती आयो फुस्सा भने जस्तै भएको छ ।

सर्वसाधारण समूहमा शेयर आवेदन गर्नेले न्यूनतम ५० कित्ता शेयर पाएपनि दोलखाबासीले न्यूनतम ३४ कत्तिा मात्रै शेयर पाएका छन् । जसका कारण दोलखाबासीको करोडपति बन्ने सपना शेयर बाँडफाँड सँगै हराएको छ ।

तामाकोशीको शेयर बाँडफाँड हुने बित्तिकै पैसा फिता पाइएला भन्ने सोचमा रहेका सयौं दोलखाबासी यतिखेर सनराइज क्यापिटल, नागरिक लगानी कोषको कार्यालय धाउँदा धाउँदै हैरान भएपनि ती बैंक तथा मर्चेन्ट बैंकले हालसम्म सही सूचना दिन सकेका छैनन ।

सह–सूचना पनि दिँदैन, किन आएन पनि भन्दैनन्,आज आउनुस्  भोलि आउनुस भनेर हैरान मात्रै पारेका छन्, लौ हामी त के गर्ने होला सहकारीलाई व्याज तिर्दा तिर्दा हैरान हुने भइयो, चरिकोटका राम बस्नेतले सनराइज क्यापिटल परिसरमा भने ।

सह बिक्रीप्रबन्धक रहेको सनराइज क्यापिटलले भने केही ग्राहकको बाहेक  अरु सबैको रकम फिर्ता गरिसकेको दावी गरेको छ । केहीको बैंक खाता नमिल्दा समस्या भएको हुन सक्छ, अन्यथा हामीले पैसा लिएर राख्ने भन्ने हुँदैन, हामी किन त्यसो गर्दथ्यौ र  , सो क्यापिटलका एक कर्मचारीले भने ।

माथिल्लो तामाकोशीले आयोजना प्रभावितलाई गत असार १६ गतेदेखि भदौ २१ गतेसम्म शेयरमा अवोदन दिने मिति तोकेको थियो । शेयर बाँडफाँड गत कात्तिक १४ गते गरिएको थियो ।

आयोजनाले अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमोजिम शेयर वितरण गरेको थियो ।

यस्तै ११० देखि ३०० कित्ता माग गर्नेलाई १०२ कित्ता  ‘ख’ वर्गका ३० कित्ता माग गर्नेले ३० किता ४० कित्ता माग गर्नेले ३२ कित्ता शेयर दिएको थियो ।

यस्तै ५० देखि ३०० कित्ता माग गर्नेले ४८ कित्ता पाएका थिए । ‘ग’ वर्गका ३० कित्ता माग गर्नेले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र सोभन्दा माथी अवेदन गर्नेले ३४ कित्ताका दरले शेयर वितरण गरेको थियो । तर शेयरमा लगानी गरेको पैसा फिर्ता नपाएर उनीहरु हैरान भएर बसेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया