युरोकप : चेक रिपब्लिक र स्लोभाकियाको जित, स्पेन र स्विडेन बराबरी, आज दुई खेल हुने

२ बर्ष अगाडि

युरोकप फुटबलमा स्पेन र स्विडेनले बराबरी खेलेका छन् । गएराति स्पेनको सेभियामा भएको खेलमा घरेलु टोली स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोकेको हो ।

यस्तै युरोकपमा चेक रिपब्लिकले विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले सुखद सुरुवात गरेको हो।

ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे। यस जितसँगै समूह 'डी’को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ। चेक रिपब्लिक शीर्ष स्थानमा छ। स्कटल्याण्डले भने पराजित हुँदैसमूहको पुछारमा रहेको छ।

यस्तै  स्लोभाकियाले पोल्यान्डलाई  पराजित गरेको छ । गएराति भएको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

समूह 'ई' मा रहेको स्लोभाकियाले जितसँगै तीन अङ्क बनाएको छ । स्लोभाकिया शीर्ष स्थानमा छ भने पुछारमा रहेको पोल्यान्डले अङ्क जोड्न सकेको छैन ।  गएराति भएको खेलमा स्वीडेनसँग बराबरीमा रोकिएपछि यही समूहमा रहेको स्पेन दोस्रो स्थानमा छ ।

युरोकप फुटबलमा आज समुह एफ का दुई खेल हुनेछन् । बेलुकी पौने १० बजे हंगेरीको बुडापेस्टमा हुने खेलमा घरेलु टोली हंगेरीले पोर्चुगलको सामना गर्दा राती पौने १ बजे जर्मनीको म्युनिखमा घरेलु टोलीलाई फ्रान्सले चुनौती दिनेछ ।युरोकप फुटबलमा समुहका पहिलो चरणका खेलहरु आजबाट सकिदैछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया