न्यौपानेले सम्हाले एनआईसी एसिया

५ बर्ष अगाडि

काठमाडौं–एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । 
आइतबार बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले हाल का.मु प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 
 तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत भए पश्चात न्यौपानेले कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । 
 सो अवधिमा न्यौपानैकै नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसूचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको छ ।
 
आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा कार्य गर्दै आएका छन् । न्यौपाने चार्टड एकाउण्टेण्ट समेत हुन् । 
 
न्यौपानेलाई आइतबार नै संचालक समितिको कार्यकक्षमा अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया