युरो कप छनोटः विश्वकप विजेता फ्रान्स समूह ‘एच’ मा

५ बर्ष अगाडि

एजेन्सी–विश्वकप फुटबल पछि दोस्रो फुटबल महाकुम्भ युरोकप फुटबल सन् २०२० छनोट खेलको ‘ड्र’ आइतबार सार्वजनिक गरिएको छ ।

युरोपियन फुटबल महासंघ (युईएफए) ले सार्वजनिक गरेको ‘ड्र’ अनुसार विश्वकप विजेता फ्रान्स समूह ‘एच’मा परेको छ । तुलनात्मक रुपमा फ्रान्सलाई सजिलो समूह परेको छ । फ्रान्सको समूहमा आइसल्यान्ड, टर्की, अल्बानिया, मोल्डोभा र एन्डोरा रहेका छन् ।  

युईएफलेले छनोट खेलमा सहभागी युरोपका ५५ देशलाई १० समूहका विभाजन गरेको हो । जस अनुसार समूह ‘ए’ मा इङ्ल्यान्ड, चेकरिपप्लिक, बुल्गेरिया, मोन्टेनेग्रो र कोसोभो छन् 

समूह ‘बी’ मा साविक विजेता पोर्चुगल युक्रेन, सर्विया, लिथुनिया र लक्जमवर्ग छन् । समूह ‘सी’ मा जर्मनी, नेदरल्यान्ड्स, नर्थन आयरल्यान्ड, इस्टोनिया र बेलारुस छन् । समूह ‘डी’ मा स्वीट्जरल्यान्ड, डेनमार्क, रिपब्लिक अफ आयरल्यान्ड, जर्जिया र गिब्राल्टार छन् ।

यसैगरी  समूह ‘इ’ मा भने क्रोएसिया, वेल्स, स्लोभाकिया, हंगेरी र अजरबैजान छन् । समूह ‘एफ’ मा स्पेन, स्वीडेन, नर्वे, रोमानिया, फारोइ आइसल्यान्ड र माल्टा छन् । समूह ‘जी’ मा पोल्यान्ड, अष्ट्रिया, इजराइल, स्लोभेनिया, मासेडोनिया र लात्भिया छन् ।

यस्तै समूह ‘आई’ मा बेल्जियम, रुस, स्कटल्यान्ड, साइप्रस, कजाकस्तान र सानमारिनो छन् । समूह ‘जे’ मा इटाली, बोस्निया हर्जगोभिना, फिनल्यान्ड, ग्रिस, अर्मेनिया र लिचेस्टेनटाइन रहेका छन् ।

छनोट खेल आगामी सन् २०१९ मार्चदेखि नोभेम्बरसम्म सञ्चालन हुनेछ । प्रत्येक समूहका शिर्ष दुई टोली फाइनल चरणका लागि छनोट हुनेछन् । २०२० मा युरोपका विभिन्न १२ देशका १२ शहरमा आयोजना हुने युरो कपमा छनोटबाट आएका २० र युईएफए नेसन्स कपबाट छनोट भएका चार गरी २४ टोलीबीच प्रतिस्पर्धा हुनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया