इङ्लिस प्रिमियर लिगमा बलिया टोली लिभरपुल र आर्सनलले सफलता

५ बर्ष अगाडि

इङ्लिस प्रिमियर लिगमा बलिया टोली लिभरपुल र आर्सनलले सफलता हात पारेका छन् । लिग अन्तर्गत आइतबार राती भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले एभर्टनलाई १–० गोलले हरायो । लिभरपुलको कठिन जितमा डिभोक ओरिगीले निर्णायक गोल गरे । डिभोकले खेलको अन्तिम समया गोलगर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । जितसँगै १४ खेलबाट ३६ अंक बनाएको लिभरपुल तालिकाको दोस्रो स्थानमा छ । २२ अंक बनाएको एभर्टन छैटौं स्थानमा छ । शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३८ अंक छ ।

यसैगरी लन्डन डर्बीको अर्को महत्वपूर्ण खेलमा आर्सनलले टोट्टनहामलाई ४–२ गोलले स्तब्ध बनायो । आर्सनलको घरेलु मैदानमा खेलिएको खेलमा आर्सनलले खेलभर रवाफिलो प्रदर्शन गरेको थियो । आर्सनलका लागि १०औं मिनेटमा पिएर एमेरिक औबामेयाङले पेनाल्टी मार्फत खाता खोले । टोलीका लागि दुई गोल गरेका पिएरले ५६औं मिनेटमा अर्को गोल गरेका थिए । ७५औं मिनेटमा एलेक्जेन्डर लाकाजेट र ७७औं मिनेटमा लुकास टोरेराले चौथो गोल गरेका थिए ।

यसअघि टोट्टनहामका लागि ३०औं मिनेटमा एरिक डायरले पहिलो गोल गरेका थिए । ३४औं मिनेटमा हेरी केनलले पेनाल्टी मार्फत दोस्रो गोल गरेका थिए । अन्तिममा १० खेलाडीमा समेटिएको टोट्टनहामले दोस्रो हाफमा राम्रो खेल्न सकेन । ८५औं मिनेटमा जान भर्टोङहेन दोहोरो पहेंलो (रातो) कार्डा पाउँदै बाहिरिएका थिए ।

जितसँगै ३० अंक बनाएको आर्सनल चौथो स्थानमा छ । समान ३० अंक बनाएको टोट्टनहाम गोलअन्तरमा आधारमा पाँचौं स्थानमा छ । ३१ अंक बनाएको चेल्सी तेस्रो स्थानमा छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया