ट्रम्प र सिको सहमति पछि एसियाली सेयर बजार बूम

५ बर्ष अगाडि

काठमाडौं – व्यापार युद्धमा एकले अर्कोलाई सिध्याउने रणनीतिमा लागेको अमेरिका र चीनबीच पछिल्लो पटक सम्झौता भएपछि एसियाली शेयर बजारमा राम्रै प्रभाव परेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार व्यापार युद्धलाइृ थाती राख्ने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङको पछिल्लो सहमतिले जापाना, हङकङ र सांघाई सेयर बजारमा एक खालको बूमको अवस्था सिर्जना भएको छ ।

व्यापार युद्धलाई अस्थायी रुपमा बिराम दिने दुई शक्तिशाली देशका राष्ट्र प्रमुखको सहमतिपछि बजारमा एक प्रकारको खुसीयाली सञ्चार भएको हो । अमेरिका र चीन संसारका दुई ठूला अर्थतन्त्र भएका देश हुन् । ती देशको सामान्य प्रतिक्रियाले समेत बजारमा ठूलो प्रभाव पर्न जान्छ । पछिल्लो पटक जी २० को शिखर सम्मेलनको क्रममा ट्रम्प र सि बीच व्यापार युद्धलाई अस्थायी बिराम दिएर आर्थिक विकास र समृद्धिको दिशामा लाग्न सहमत भएका थिए ।

उनीहरुको सहमति लगत्तै चीनको हङकङको हाङसेङमा २।७ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो दिनमा ओरालो लागेको सेयर बजार सहमति लगत्तै बजार बढेर नयाँ बिन्दुमा पुगेको हो ।

यस्तै सांघाई इडेक्स पनि २ प्रतिशतले बढेको छ । त्यस्तै जापानको निक्की पनि १।४ प्रतिशले बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

केही मान्छेले व्यापार युद्धका कारण संसार भर नै आर्थिक रुपमा विनाशकारी अवस्था आउने अनुमान गरेका भएपनि पछिल्लो सहमति पछि एशिायली सेयर बजारमा देखिएको उत्साहले राहत दिएको टिप्पणी गरेका छन् ।

अमेरिकाले २०० अर्ब बराबरका चिनियाँ सामग्रीमा १० प्रतिशत भन्सार वृद्धि गरेर २५ प्रतिशत पुर्याउने घोषणा गरेका थिए । जसका कारण बजार नराम्ररी प्रभावित भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया