यूट्यूबाटै कमाउँछन् सात वर्षे बालकले वार्षिक दुई अर्ब बढी

५ बर्ष अगाडि

काठमाडौ – करिब ७ वर्षको बच्चाको कमाई कति हुन सक्छ । आम मान्छेले हसजै भन्न सक्छन् ओठ निर्चोदा दुध आउने बच्चको कमाई के हुन सक्छ र ? त्यो उमेरको बच्चाले कमाई होइन खर्च चाही बढी गर्छ ।

तर यूट्यूब च्यानलमा नै एक ७ वर्षको बच्चाले करिब २ अर्ब भारतीय मुद्रा बराबरको कमाइृ गर्ने गरेको पाइएको छ ।

हरेक साता यूट्यूब च्यानमा बच्चाको खेलौनाको रिभ्यू गरेर उनले मोटो रकम कमाई गर्ने गरेका छन् । जुन कमाईबाट उनका बाबा आमाले पनि राम्रौ पैसा पाइरहेका छन् ।

रेयान नामका ती बच्चाले गत वर्ष ११ मिलियन डलरको कमाई गरेका थिए । यस वर्ष सो बढेर २२ मिलिनय बराबर हुन पुगेको छ । भारतीय मुद्रामा उनको कमाई २ र्ब बढीको हुन जाने बिबिसी हिन्दी संस्करणले जनाएको छ ।

यूट्यूबमा रेयान के भिडियो करोड बढीले हेरेका छन् । रेयान टोय रिभ्यूस् नाम दिइएको यूट्यूब च्यानल सञ्चालनमा रहेको छ । सो च्यानबाट रेयानले खेलौनाको संसारमा लैजाने र जानकारी दिने गरेको छ ।

फोब्र्स पत्रिकाले समेत सन् २०१७ मा उनलाई संसारकै सबै भन्दा बढी भुक्तान पाउने ताराको सूचीमा राखेको थियो । सन् २०१५ को मार्चदेखि सुरु भएको रेयान टोय रिभ्यूस को भिडियोमा हालसम्म १६ अर्ब बढीले हेरेका छन् ।

तर उनको यत्ति धेरै चर्चा हुँदा समेत उनको बारेमा थप जानकारी पाउन सकिएको छैन । मात्रै उीत्त जानकारी छ कि उनी अमेरिकी हुन् ।

गत वर्ष उनका आमाले बासिन्टन पोस्टलाई दिएको अन्तरवार्तामा भनेकि थिइन – रेयानलाई जब यूट्यूबको बारेमा  थाहा भयो । सानै उमरेदेखि नै उनले खेलौनाको बारेमा देखाउने टिभी च्यानलमा  धेरै चासो देखाएर हेर्न थाल्यो ।

रेयानका आमाकाअनुसार आफ्नो अलग्गै  पहिचान बनाउने बताएका थिए । अरु बच्चाले जस्तै यूट्यूबमा भएका खेलौना किन नदिने । त्यसपछि हामीले पनि पनि किन यसो नगरिदिने भन्ने लाग्यो । हामी एक खेलौनाको पसलमा गयौ र उसलाई मन पर्ने  एक लिग सहितको ट्रेन पनि किनिदियौ ।

रेयानको एक भिडियोलाई ८० करोड बढीले हेरेका छन् । मार्च २०१५ मा सुरु भएको यूट्यूब च्यानल खोले । स २०१६ को जनवरीमा नै १०  लाख बढी सब्सक्राइबर्स गरे । हाल रेयानको यूट्यूब च्यानमा १ करोड बढी सब्सक्राइबर्स रहेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया