महिलामाथि यौन दुब्र्यावहार मुद्दामा गेललाई सफाइ

५ बर्ष अगाडि

वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको ब्यक्तिगत सफलता विश्व क्रिकेटमा उच्च कोटीको छ । मैदानमा उनको आक्रामक ब्याटिङले सन्सारका क्रिकेट पारखीको मन छुन्छ । मैदानमा सफलता पईरहेपनि ३९ बर्षीय यी बायाँहाते ओपनर ब्याट्सम्यान पछिल्लो तीनबर्ष तनावमा थिए ।

गेलको तनावको मुख्य कारण सन् २०१५ मा अष्ट्रेलियाको सिड्नीका भएको विश्वकपमा घटेको घटना थियो । त्यतिवेला उनले एकजना महिला अगाडी कपडा खोलेर यौन दुब्र्यावहार गरेको भन्दै फेयर फ्याक्स मिडियाले समाचार सम्प्रेशण गर्यो ।

विश्वकपका बेला सिड्नीमा मालिशिया नामकी ती महिलाअगाडी गेलले कपडा खोलेको विषयमा फेयर फ्याक्सले निरन्तर गेलबिरुद्ध समचार सम्पेषण गरिरह्यो । त्यसपछि गेलले सन् २०१६ मा अष्ट्रेलियाको अदालतमा उक्त मिडियाविरुद्ध मानहानीको मुद्दा दायर गरे ।

उक्त मुद्दामा अदालतले सोमबार साँझ गेललाई सफाइ दिएको छ । अदालतले गेलको पक्षमा अन्तिम फैसला गर्दै फेयरफ्याक्स मिडियालाई ३ लाख डलर क्षतिपूर्तिको जरिवानमा समेत गरेको छ । उक्त रकम गेलले पाउनेछन् । फेयरफ्याक्स मिडियाले भने अदालतको निर्णयविरुद्ध पुनः अपिल गर्ने बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया