प्रधानमन्त्रीविरुद्ध धर्म परिवर्तनको मुद्धा !

५ बर्ष अगाडि

क्रिश्चियन मिसिनरीको उद्देश्य बोकेर काठमाडौंमा एसिया प्यासिफिक समिटमा भएको भन्दै अहिले व्यापक आलोचना भइरहेको छ । अझ सरकारमै सम्मेलनको सहयोगी भूमिकामा रहेको भन्दै धेरैले आलोचना गरिरहेका हुन् । हुन पनि सो सम्मेलनमा प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताह?को सहागिता रहेको थियो । 

सही विवाद अहिले प्रहरीसम्म पुगेको छ । 

सम्मेलनको नाममा  नेपाली जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं बाध्य पार्ने किसिमको गतिविधि भएको भन्दै अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली र परिवार दलका नेता एकनाथ ढकालवि?द्ध उजुरी बोकेर महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका हुन् । 


ढकाल आयोजक युनिभर्सल पिस फेडेरेशन (यूपीएएफ्र) का अध्यक्ष समेत हुन् । 

तर, काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले जाहेरी लिन अस्वीकार गरेका छन् ।

जाहेरीकर्ता अधिवक्ता पोखरेलले भने आफू जाहेरी दर्ता गराउन जाँदा एसएसपी लामाले उल्टै गाली गरेको आरोप लगाए । 

उनको उजुरीमा अपराध संहिता ऐन २०७४ को दफा १५८ को १, २ विपरित धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भएर मतियार भइ विवादित संस्था यूपीएफको अवार्ड वा उपहार, तकमा दिने कार्य संविधानको धारा २७७ विपरित भएको दाबी गरिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया