मध्य भोटेकोशीको सेयर लगानीकर्ताले चालु आवमा प्रतिसेयर ०.१७ रुपैयाँ मात्रै नाफा पाउने

५ बर्ष अगाडि

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत् आयोजनाको साधारण सेयरमा लगानी गर्नेले चालु आर्थिक वर्षमा प्रतिसेयर ०.१७ रुपैयाँ  मात्रै नाफा पाउने भएका छन् ।

कम्पनीले प्रकाशित गरेको विवरणअनुसार आगामी वर्ष सो आयोजनाको शेयरमा लगानी गर्नेले प्रतिसेयर १४ रुपैयाँ र आर्थिक वर्ष २०७७ा १७ रुपैयाँ प्राप्त गर्ने छन् ।

चिमिले जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा हाल सिन्धुपाल्चोकमा निर्माणाधिन सो आयोजनाले केही दिन पहिले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि साधार(ण सेयर बिक्री गरेको थियो ।

सोही कम्पनीले आजदेखि कर्मचारी सञ्चय कोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र भोटेकोशी कम्पनीमा कार्यरत कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीमा कार्यरत कर्मचारीका लागि साधारण सेयर बिक्री सुरु गरेको छ ।

आजदेखि सुरु गरेको साधारण सेयर २७ करोड रुपैयाँ बराबरको रहेको छ । त्यसमा कूल २७ लाख कित्ता सेयर बिक्री गर्ने तयारी गरिएको छ ।

कम्पनीले आगामी ७ वर्षभित्र ऋण तिरिसक्ने र त्यसपछि मात्रै नाफा हुने प्रक्षेपण गरेको छ ।

कम्पनीले बिक्री गरेको कुल १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता साधारण सेयर मध्ये आजदेखि २७ ला कित्ता सेयर बिक्री गर्न लागेको हो ।

सो कम्पनीले हाल सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया