(Saturday, 15 December, 2018)
By: आजको अर्थ
मंसिर १९, २०७५

 काठमाडौं–  जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निश्कासन गरेको साधारण शेयर (आइपिओ) भर्ने आज अन्तिम दिन हो ।
कम्पनीले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो आइपीओमा मंगलबार सम्ममा ४१ करोड ७५ लाख ३८ हजार रुपैयाँको आवेदन परेको छ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले मंगलबार साँझसम्ममा ५६ हजार ६१७ जनाले ४१ लाख ७५ हजार ३८० कित्ताका लागि आवेदन दिएका छन् ।
यसमध्ये ५० हजार ७१४ कित्ता ९३५० कर्मचारी र ८४ हजार ५२३ कित्ता ९५५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । यसबाट बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म भर्न सकिन्छ । सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत