मिस मंगोलले सुरु गरे छात्रवृत्ति कोष

५ बर्ष अगाडि


काठमाडौ – ‘मिस मंगोल– २०१८’का विजेताहरुले ५० लाखको शैक्षिक छात्रवृत्ति कोष घोषणा गरेका छन् । 

आर्थिक अभावले विद्यालय बाछ बन्चित बालबालकिालाई पढाउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको उनीहरुले बताएका छन् । 

राजधानीमा पत्रकार सम्मेलन गर्दै विजेता जाङमु शेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाले संयुक्त अभियानको रुपमा यो छात्रावृत्ति घोषणा गरेका हुन् । 

छात्रवृत्ति राजधानी वा मोफसलका जुनै ठाँउमा बिद्यार्थीले पनि पाउने कार्यक्रममा जानकारी दिइयो । विद्यार्थीलाई एसईईसम्म पढाउने उनीहरुको योजना छ । 

वार्षिक १० भन्दा बढी बालबालिकालाई पढाउने लक्ष्यका साथ सुरु गरिएको यो कोषको मुख्य स्रोत ‘डोनेसन’ र ‘फन्ड राइजिङ च्यारिटी प्रोग्राम’ हुने मिस मंगोल नेपाल २०१८ की विजेता जाङमु शेर्पाले बताइन् ।

‘मिस मंगोल नेपाल भएपछि सामाजिक दाइत्व पनि हुन्छ’ उनले भनिन् ‘पहिचान पाएका छौं केही काम गर्नुपर्छ भनेर अभियान सुरु गरेका हौ ।’

पत्रकार सम्मेलनमा फस्ट रनरअप प्रीति गुरुङले कोषलाई पारदर्शी र विश्वव्यापी बनाउन बेभसाइट निर्माण गरी सबै जानकारी राखिने जानकारी दिइन् । 

कोषकी अर्की अभियन्ता एवं सेकेन्ड रनरअप पुनम शेर्पाले यो कोषमार्फत विद्यालय जान नपाएका धेरै बालबालिकाले पढ्न पाउने बताइन् ।

अभियान सबै समुदायका बालबालिकामा लागु हुने उनले बताइन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया