निर्मला हत्या प्रकरण: एक युवा पक्राउ

५ बर्ष अगाडि

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संग्लन भएको आरोपमा एक युवा पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कञ्चनपुर घर भएका २२ बर्षिय युवकलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । उनको नाम गोप्य राखिएको छ ।

स्रोतका अनुसार पक्राउ परेका युवकको डीएनए परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । दुई दिनमा डीएनए रिपोर्ट आउने बताइएको छ ।

कञ्चनपुरमा गत साउन ११ गते निर्मला मृत अवस्थामा फेला परेको दिनदेखि ती युवक कञ्चनपुरमा नदेखिएको स्रोतको भनाइ छ । उनको परिवारका सदस्यले ती युवा भारत गएको बताएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया