निर्मला हत्या प्रकरणः आफैं सोधपुछमा खटिए आइजिपी खनाल

५ बर्ष अगाडि

काठमाडौं — निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सोधपुछमा खटिएका छन् ।

काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ ।

घटनाको उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् ।

विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं खटिएका हुन् ।

सोधपुछका क्रममा उनको संलग्नताको धेरै क्लुहरू मिलेको प्रहरी स्रोत बताउँछ । यो खबर आजको नयाँ पत्रिकामा छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया