२० रुपैयाँका ५१ हजार स्वयंसेविका !

५ बर्ष अगाडि

काठमाडौं ।  कीर्तिपुर नगरपालिका–१ की लक्ष्मी प्रधानको दिनचर्या ३० वर्षदेखि आफ्नै गाउँटोलका सुत्केरीको स्याहारमा बित्दै छ । सुत्केरी स्याहारबापत उनको दैनिक ज्याला हो २० रुपैयाँ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

उनी सुत्केरी मात्रै होइन, अन्य बिरामी तथा भर्खरै जन्मिएका शिशु स्वास्थ्य सेवामा दिनरात खट्छिन् । गाउँटोलमा कोही बिरामी पर्दा पहिलो सम्झनामा पर्छिन्, लक्ष्मी ।

बूढानीलकण्ठकी कमला पन्तको पनि अधिकांश समय टोलका महिला र बालबालिकाको सेवामै बित्छ । सुत्केरी होस् या सामान्य बिरामी, कमला नपुगेको घर नै छैन ।

लक्ष्मी र कमलाजस्ता ५१ हजार ४२० महिला स्वयंसेविका मुलुकभर अहोरात्र सेवामा खटिएका छन् । सबैले पाउने सुविधा भने भत्ताबापत मासिक ६ सय रुपैयाँ हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया