जलविद्युत् कम्पनीको सेयरले डुबायो, अधिकांश कम्पनीका शेयर घटे

५ बर्ष अगाडि

काठमाडौं – सेयर बजार निरन्तर ओरालो लागेको छ । त्यसको सबैभन्दा ठूलो प्रभाव जलविद्युत कम्पनीका सेयरमा परेका छन् । अधिकाशं कम्पनीका सेयर बेस भ्याल्यूमा वरपर नै आएका छन् भनेक केही कम्पनीका सेयर बेस भ्याल्यू अर्थात् १०० रुपैयाँ भन्दा तल पुगेका छन् ।

कसनै समय आर्कषक मानिएका जलविद्युत् कम्पनीका सेयर निरन्तर ओरालो लागेपछि जलविद्युत् कम्पनीको सेयर खरिद गर्न चाहने समेत हच्किएका छन् ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार बुधबार कारोवार भएका अधिकाशं कम्पनीका सेयर ओरालो लागेको छन् । समग्रमा जलविद्युत् कम्पनीको सेयर २१.२४ बिन्दुले घटेका छन् ।

स्टककाअनुसार अपि पावर कम्पनीको सेयर प्रतिकित्ता १४१ रुपैयाँमा खरिद बिक्री भएको छ ।  अरुण काबेली रु १८९, अरुण भ्याली ११३, बरुण हाइड्रो पावर १०८ रुपैयाँमा कारोवार भएको छ ।

यस्तै कुनै समय राम्रो प्रतिफल दिने र लगानीकर्ताका लागि समेत आर्कषक मानिएको चिलिमे जलविद्युत् कम्पनीको सेयर समेत निरन्तर ओरालो लागेको छ । सो कम्पनीको सेयर बुधबार ६२५ रुपैयाँमा कारोवार भएको छ ।

यस्तै दिव्येश्वरी हाइड्रो पावरको सेयर ९६ रुपैयाँमा कारोवार भएको छ । यो बेस भ्याल्यू भन्दा ४ रुपैयाँ तल झरेको छ । हिमालय पावरको १७५, जलविद्युत् लगानी तथा विकास कम्पनी १५०, कापलका पावर १०५, नेशनल हाइड्रो पार ७३ मा कारोवार भएको छ ।

ङादी ग्रपको सेयर १३२ मा कारोवार हुँदा रौराङ हाइड्रो पावरको १०९, राधी विद्युत् कम्पनी १७४, रिडी हाइड्रो पावर १००, सानिमा माई हाइड्रो पावर २३०, सिनर्जी पावर १०० का कारोवार भएका छन् ।

यस्तै छ्याङदी १०९ र ५०१ रुपैयाँमा एफपिओ बिक्री गरेको बुटवल पावर कम्पनीको सेयर समेत ओरालो लागेर ४३९ मा कारोवार भएको छ । यस्तै नेपाल हाइड्रो डेभलपर्सको १४९, र युनाइटेड मोदीको १३३ मा कारोवार भएको छ । स्टकमा हाल २१ जलविद्युत् कम्पनीका सेयर सूचीकृत छन् ।

दोस्रो बजारमा भइरहेको कारोवारलाई हेर्ने हो भने जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आर्कषण घटेको देखिन्छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया