पश्चिम सेतीको मोडालिटी तोक्न गठन भएको कार्यदलको काम अलपत्र, कहिले बन्ला त आयोजना ?

५ बर्ष अगाडि

काठमाडौँ – चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेपछि पश्चिम सेती स्वदेशी लगानीमा निर्माण गर्ने कि  कुनै विदेशी कम्पनलिाई निर्माण गर्न दिने भनेर कार्यायोजना बनाउन गठन  भएको सरकारी समितिको काम अलपत्र परेको छ ।

सरकारले चिनियाँक म्पनी थ्री गर्जेज आयोजना बनाउन नसक्ने र फिर्ता हुने निर्णय गरेपछि अर्थमन्त्री डा युवराज खतिवडा, ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको एक कार्यदल गठन गरेको थियो ।

लगानी बोर्डको बैठकले गठन गरेको सो कार्यदलले हालसम्म कुनै पनि काम नगरेको बताइन्छ । कार्यदलले अध्ययनका लागि भन्दै अर्को उपसमिति समेत बनाएको थियो । गत असोजको तेस्रो साता सो समिति बनाइएको भएपनि हालसम्म कुनै पनि प्रतिवेदन तथा कार्ययोजना समेत तयार हुन सकेको छैन ।

आयोजना १६ वर्ष भन्दा बढी समय अष्ट्र्लियन कम्पनी स्मेकले होल्ड गरेको थियो भने पछिल्लो समय ६ वर्ष चिनियाँ कम्पन िथ्री गर्जेजले होल्ड गरेको थियो । चर्चा सुरु भएको मात्रै करिब ४० वर्ष हुन लागेको सो आयोजनाको निर्माण कहिले सुरु हुन्छ भन्ने कुनै पत्तो लाग्न सकेको छैन ।

लगानी बोर्ड स्रोतकाअनुसार एकाध पटक सो विषयमा छलफल भएपनि यसै गर्ने भन्ने बारेमा कुनै पनि निर्णय हुन सकेको छैन । कूल ७५० मेगावाट क्षमताको सो आयोजनालाई प्रदेश नं ७ को समृद्धिको आधारको रुपमा समेत लिइन्छ । आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्छ भन्ने माग पनि बेला बेलामा नउठेको होइन । सरकारले सोही मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषय समावेश गरेको छ ।

चिनियाँ कम्पनीले अध्ययन गरिरहेको र छलफलको क्रममा रहेको आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषय बजेटमा राखेर सरकारले के गर्न खोजेको हो भन्दै गुनासो पनि आएको थियो ।

यस्तै पछि सरकार आफैले चिनियाँ कम्पनलिे बनाउँछ भने बनाओस् भन्दै छाडिदिएको थियो । चिनियाँ कम्पनीको प्रसंग आउँदा सरकारी नीति विपरितको काम भन्दै आलोचना समेत भएको थियो । तर चिनियाँ कम्पनलिे छाडेर गएको आयोजनाको बारेमा हालसम्म कुनै पनि निर्णय हुन नसक्नु दुःखद रहेको छ । आयोजनालाई स्वदेशी लगानीमा बनाउने, सहुलियत ऋण खोज्ने वा कुने विदेशी कम्पनीलाई दिने भन्ने बारेमा आवश्यक निर्णय गर्न आयोजना प्रभावितले पटक पटक माग गरेका छन् ।

आयोजना प्रभावित क्षेत्रका ऊर्जा क्षेत्रका अभियन्ता समेत रहेका डा खडगबहादुर विस्टले स्वदेशी लगानीमा आयोजना बनाउनुपर्ने भन्दै लविङ गर्दै आएका छन् । तर सरकारले आवश्यक निर्णय नगर्दा आयोजनाको भविष्य पछाडि धकेलिदै आएको छ ।

ऊर्जा मन्त्री पुनले भने आयोजनाको विषयमा छलफल भइरहेको बताएका छन् । ठोस निष्कर्ष निस्कने विश्वासमा रहेका उनले केही समय भित्रै एउटा खाका तयार हुने दावी गरेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया