फ्राइडे रिलिजमा देशभर नीताको ‘पञ्चायत’

६ बर्ष अगाडि

 शुक्रबारबाट चलचित्र ‘पञ्चायत’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत ऐतिहासिक विषयवस्तुमा निर्माण भएको यो चलचित्र देशभर एकसाथ सार्वजनिक प्रदर्शनमा आएको हो ।
अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगानाको मुख्य भुमिका रहेको चलचित्र शिवम् अधिकारीले निर्देशन गरेका हुन् । सरोज चलचित्रमा मुखियाको भुमिकामा छन्, भने नीताले १४ बर्षीया किसोरीको भुमिका निर्बाह गरेकी छन् । 
बिदेशमा आयोजना भएका अन्तराष्ट्रिय फिल्म महोत्सवमा विभिन्न अवार्ड समेत जित्न सफल ‘पञ्चायत’मा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय देख्न सकिन्छ ।
ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने चलचित्रमा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी छ । चितवनका सञ्चारकर्मी रवि अधिकारी यसका कार्यकारी निर्माता हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया