लगानीकर्ताले सात खर्ब गुमाएपछि सरकारले बल्ल बनायो कार्यदल, शेयरलगानीकर्ता किन भए यसरी निराश

५ बर्ष अगाडि

काठमाडौं – सेयर बजारमा लगानी गर्नेले पछिल्लो डेढ वर्षमा सात खर्ब भन्दा बढी रुपैयाँ गुमाएका छन् । राजनीतिक रुपमा स्थिर सरकार गठन भएपछि पनि शेयरको मूल्यमा उच्चा बिन्दुले गिरावट आएपछि लगानीकर्ताको ठूलो रकम गुमेको हो । तर सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले आवश्यक निर्णय गर्न नसक्दा लगानीकर्ताको अझै ठूलो रकम गुक्न सक्ने देखिएको छ ।

पछिल्लो पटक अर्थमन्त्रालयले पूंजी बजारलाई राम्ररी ड्राइभ गर्न सकेको छैन । जसका कारण शेयर लगानीकर्ता नराम्ररी समस्यामा फसेका छन् । घर खेत राखे्र शेयर बजारमा लगानी गरेकाहरु समेत नराम्ररी डुबेका छन् । उनीहरु निराश भएर फर्केन अवस्था समेत सिर्जना भएको छ । वर्तमान सरकार गठन भएपछि धेरै लगानीकर्ताले बजार सुधार हुने अपेक्षा राखेका थिए । त्यसको बाबजूद सरकारको गतिविधि र अर्थमन्त्रालयको राजनीतिक नेतृत्वले त्यसमा ध्यान दिदा समस्या खडा भएको पाइएको छ ।

पछिल्लो पटक बजार घटेर १ हजारको बिन्दु त पहिल्याउँदैन भन्ने आशंका समेत बढेको छ । उद्यपी बजार साताको कारोवार हुने अन्तिम दिन बिहिबार सामानइ बिन्दुले मात्रै बढेको छ । करिब अढाई बिन्दुको हाराहारीमा मात्रै बजार बढेको छ । बुधबार उच्च बिन्दुमा बजार ओरालो लागेर लगानीकर्ताको ठूलो उत्साहलाई निराशामा बदलिदिएको छ ।

बजार  लगातार खस्किएपछि त्यसले खर्बौँ रुपैयाँको पूँजीकरण परिमाणमा ह्रास भएको छ । जसको प्रत्यक्ष असरमा लाखौ. लगानीकर्ता परेका छन् । शेयर बजारमा मनोविज्ञानले ठूलो अर्थ राख्छ । पछिल्लो समय लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर बढी भरिएको छ । उनीहरु बजारलाई बजारको रुपमा समेत देख्न छाडेका छन् । कुन कम्पनीको शेयर किन्ने हो त्यसको बारे विस्तृत जानकारी नभएका लगानीकर्ता समेत बजारमा रहेका छन् । उनीहरु हावाको तालमा शेयर शेयर भन्दै दोडिइरहेका पनि छन् ।

कम्पनीको व्यवसाय, व्यवस्थापन, मुनाफा, बजार हिस्सा सँगै बजारमा उक्त कम्पनीको साख, विगतको र सम्भावित मूल्यको उतारचढाव, खुद मुनाफा, प्रतिसेयर आम्दानी, लाभांस क्षमता र लाभांस नीतिसमेतमा ध्यान दिनुपर्नेमा त्यसो हुन सकेको छैन ।

सरकारले पूँजी बजारमा ठूलो समस्या आउने देखेपछि बिहिबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वका एक कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थमन्त्रालयका सहसचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, लगानीकर्ताका प्रतिनिधि, नेपाल बैंकर्स संघका अध्यक्ष लगायत सहभागी छन् ।

सो समितिलाई ७ दिन भित्र प्रतिवेदन दिन भनिएको अर्थमन्त्रीका सल्लाहकार डा रामशरण खरेलले जानकारी दिए । तर लगानीकर्ताको खस्किएको मनोबल उकास्न सरकारले समयमै पहल गर्नुपर्ने थियो । त्यो भने हुन नसक्दा समस्या थपिएर गएको हो । जसका कारण बजार अस्थिर हुन पुगेको हो ।

२०७३ सालको साउन महिनामा नेप्सेको सूचकाङ्क नेप्से परिसूचक १८८० हाराहारीको उच्चतम विन्दुमा पुगेको थियो । करिब  अढाई वर्षपछि त्यो लगातार खस्किएर यो साता ११३० सम्म झरेको छ ।

हाल कुल बजार पूँजीकरण वा सेयर बजारको कुल मूल्य साढे १३ खर्ब रुपैयाँ छ । जबकि त्यतिखेर सो परिमाण झण्डै २१ खर्ब रुपैयाँसम्म पुगेको थियो ।  अर्थात यो अवधिमा ७ खर्ब भन्दा धेरैले नोक्सानी भएको छ । नोक्सानीको ठूलो हिस्सा साना लगानीकर्ताको टाउकोमा परेको छ । नेपालमा कुल लगानीकर्ताको संख्या  १५ लाखको हाराहारीमा रहेका छ । त्यसमा ७५ प्रतिशत बढी साना लगानीकर्ता रहेका छन् ।

शेयर बजार एउटा चक्र हो । यो चक्र घुम्दै एउटा बिन्दुमा पुगेर पुन उकालो लाग्ने जानकारहरुको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया