सेवाग्राहीको सरकारलाई प्रश्न– कहिले पाइन्छ स्मार्ट लाइसेन्स

५ बर्ष अगाडि

काठमाडौँ – सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० थियो । यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्मको हो । कार्यालयबाट लिइएको लिखित, ‘ट्रायल’ पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका हुन् । उक्त कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् भने दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

 

एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले समेत अनुमतिपत्र पाएका छैैनन् । उनीहरुले राजश्व तिरेको कागज देखाएरै सवारीसाधन चलाइरहेका छन् । त्यस्तो कागज बलियो नहुने पानीमा भिज्ने पछि अक्षर अक्षर घोटिएर जाने भएकाले हैरान भएको भक्तपुरका विराज नेपालले बताउनुभयो । “अक्षर मेटिएर दुई पटक फेरीसकेँ ”, उहाँले भन्नुभयो, “अझै कति समय लाग्ने थाहा नभएर अहिले चहिँ लेमिनेशन नै गरेर राखेको छु ।”

 

स्मार्ट प्रमाणपत्र छाप्ने उपकरणको क्षमता कम भएकाले दुई लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमतिपत्र नपाएका हुन् । कार्यालयमा धेरै खालका गुनासो लिएर सेवाग्राही आउने गर्छन् । तीमध्ये सबैभन्दा बढी सवारी चालक अनुमतिपत्रमा भइरहेको ढिलाइसँग सम्बन्धित छ । उहाँले भन्नुभयो, “एक दिनमा धेरै जना मेरो लाइसेन्स बन्यो कि बनेन र कहिले आउँछ भन्दै सोध्न आउँछन् ।”

 

घरबाट निस्कँदा नै गाली खानका लागि तयार भएर निस्कनुपरेको पौडेलले बताउनुभयो । कार्यालयमा आउने सेवाग्रही धेरै खालको गुनासो लिएर आउने गरेका छन् । त्यसमा सबैभन्दा बढी चालक प्रमाणपत्रका लागि भइरहेको ढिलाइसँग सम्बन्धित हुन्छ । उहाँले भन्नुभयो, “दैनिक २० जना जति मेरो लाइसेन्स कहिले आउँछ भन्दै आउँछन, हामीसँग दिने जवाफ हुँदैन ।”

५ बर्ष अगाडि

प्रतिक्रिया