नौ  हजार करोड ठगी गरेर भागेका भारतीय रक्सी व्यापारी विजय माल्यालाई भारत ल्याइदै

५ बर्ष अगाडि

 

काठमाडौं– ठूलो बैंक घोटालाको आरोप लागेका भारतीय व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्न बेलायतको एक अदालतले आदेश दिएको छ । यद्यपी यो आदेश भने पूर्ण नभएको पाइएको छ ।

१४ दिन पछि उच्च अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था रहेको छ । माल्या माथि भारतका विभिन्न बैंकको ९ हजार करोड बराबरको ठगी गरेको आरोप लागेको छ ।

बेस्ट मिस्टिर अदालतले सोमबार फैसला दिँदै भारतीय रक्सी व्यापारी मालयालाई भारत पठाउन स्वीकृति दिएको छ । माल्यामाथि धोकाधडी गरेको र मनी लन्ड्रिङको मुद्दा चल्न सक्ने देखिएको छ ।

माल्याले अदालत परिसरमा भनेका थिए म सबैका पैसा फिर्ता गर्न स्क्छु, तर सावा मात्रै व्याज होइन । म कसैको पनि व्याज तिर्न सक्दिन , सावा भने तिर्छु ।

उनले हाल बन्द भएको किंगफिसर एयरलाइन्स जोगाउनका लागि ४ हजार करोड रकम लगाएको थिए । माल्या सन् २०१६ को मे मा लण्डन भागेका थिए । भारतले पछिल्लो वर्षको फेब्रअरीमा बेलायत सरकारलाई सुपुर्दगी गर्न अनुरोध गरेको थियो । भारतमा  मनी लन्ड्रिङ  आरोप लागेका माल्या सन् २०१७ मा बलायतमा पक्राउ परेका थिए । तर पछि उनलाई स्थानीय अदालतले जमानतमा रिहा गरिदिएको थियो ।

अदालतको आदेशलाई बेलायत सरकारले सकारात्मक रुपमा लिए उनी भारत सुर्पुदगी हुनेछन् । बेलायतका कानूनी जानकार पावनी रेड्डीकाअनुसार उनी भारत फर्काइन सक्छन् । तर त्यस भन्दा पहिले उनले १४ दिन भित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको छ । माल्याको पुनरावदेनको सुनुवाई नभए माल्या अबको २८ दिन पछि भारत फिर्ता पठाइनेछन् ।

माल्याले भनेका छन् मलाई राजनीतिक उद्देश्य सिद्ध गर्नका लागि अपराधी जस्तो बनाइएको छ । उनले कुनै पनि गलत काम नगरेको बताएका छन् । किंगफिसर एयरलाइन्स जोगाउनका लागि मात्रै आफूले ४ हजार करोड भारतीय मुद्रा ऋण लिएको बताएका छन् । कारोवार घाटामा गएपछि मात्रै मैले ऋण लिएको हो, कुने गल्ती गरेको छैन ।

उनले सबै ऋण फिर्ता गर्न आफू तयार रहेको बताएका छन् । सन् २०१६ मा कर्नाटक अदालतले समेत आफूलाई सोही अफर गरेको थियो । बैंकको रकम ठगी गरी भागेको भन्ने आरोप नै गलत रहेको छ । उनले भने मलाई राजनीतिक रुपमा नै सिध्याउन खोजियो  र बैंक ठग भन्दै पोस्टर बनाउने काम भयो ।

उनले सन् २०१६ मा नै प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री अरुण जेट्लीलाई एक पत्र ललेखी उच्चस्तरीय छानबिन समिति गठन गरिदिन भनेका थिए । तर उक्त पत्रको कुनै जवाफ भने आएन ।

माल्याकै अनुरोधको बेलायतको अदालतले भारतको जेलको भिडियो मागेको थियो । भारतको मुम्बइृ स्थितर आर्थर रोड जेलको १२ नम्बर कोठाको भिडियो पठाइएको थियो । जहाँ माल्यालाई राख्ने तयारी गरिएको थियो ।

माल्याले भनेका थिए भारतको जेलको हालत खराब रहेको छ । भिडियो हेरेपछि बेलायतको अदालतले पनि सन्तुस्टि जनाएको थियो । माल्याले आफूलाई राजनीतिक स्वार्थ राखिएको बताएका थिए ।

जसका कारण आफूले न्याय पाउने कुरामा सन्देह रहेको बताएका थिए । उनले आफूलाई नयाँ आरोप लगाएर फसाउने साजिस भएको समेत उल्लेख गरेका थिए । माल्याको स्वामित्वमा रहेको किंगफिसर एयरलाइन्स सन् २०१२ देखि बन्द भएको छ । यूरोप, एशिया र नेपालमा समेत उडान भने उक्त एयरलाइन्स बन्द भयो ।

 भारतको आन्तरिक बजारमा सो विमान कम्पनीको ३४० उडान हुने गरेको थियो । सन् २०१३–१४ मा घाटा बढेर ४ हजार ३०१ करोड भारतीय मुद्रा हुन पुग्यो । सोही वर्ष संसारका धनी व्यक्तिको सूचीबाट माल्या बाहिरिए । मार्च २०१६ मा ९ हजार करोड बराबरको ठगी गरेर माल्याा विदेश पलायन भए । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया