माथिल्लो तामाकोशीले दोलखाबासीलाई दिएको दुःख , के सोचे मैले के भयो अहिले ?

५ बर्ष अगाडि

 

काठमाडौँ–  त्यतिबेला जब माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बारेमा काठमाडौँ र दोलखामा बहस हुँदै थियो । आयोजनाको पक्ष र विपक्षमा राम्रै बहस भएको थियो ।

सरकारको अर्थमन्त्री समेत रहेका डा रामशरण महत भन्दै थिए । नेपाली लगानीमा त्यत्रो ठूलो परियोजना निर्माण हुन सक्दैन । त्यसका लागि विदेशी ऋण तथा सहायता ल्याउनु पर्छ ।  नेपालको आफ्नै क्षमतालाई नजर अन्दाज गरेर डा महतले आयोजनाको विपक्षमा मत मात्रै राखेका थिएनन्, राम्रैसँग उभिएका थिए । तर आलोचकहरु भने माथिल्लो तामाकोशी जसरी पनि बनाइ छाड्ने भन्दै डा महतको घुर्की र धम्कीका सामु नझुक्ने प्रतिवद्धता जनाएका थिए ।

उनीहरुको सपना थियो, माथिल्लो तामाकोशी आयोजना निर्माण भएपछि दोलखाबासीलाई असाध्यै राम्रो हुनेछ । धेरै जसो दोलखाबासी करोडपतिमा रुपान्तरित हुनेछन् । धेरैका सुखका दिन फिर्नेछन् ।

धेरैले यही सपना देखेर माथिल्लो तामाकोशीलाई दिलोज्यान दिएर सहयोग गरे । धेरैले आफ्नो घर खेत पनि दिए । आयोजनामा कुनै तलमाथि हुन्छ कि भनेर २४ सै घण्टा निगरानी पनि गरे । आयोजना निर्माण हुने भयो, सबैको साथ पाइएकै थियो ।  आयोजनाले गति लिँदै गयो । नागरिकको अनुहार उज्यालो बन्दै गयो । किनकी डा महत जस्ता विदेशी लगानी ल्याउनुपर्छ भन्ने अर्थमन्त्री राजनीतिको गर्तमा पुगीसकेका थिए ।

नेपाली लगानीमा आयोजना बनछ र बनाउनुपर्छ भन्नेहरुको जित भएको थियो । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान र नेपाल टेलिकम जस्ता निकायले ऋण दिएका थिए । शेयरमा आवेदन दिएर रसुवाबासी चिलिमेको हकदार भएका धेरैले सुनेका थिए र जानेका पनि थिए । त्यही सपना दोलखाबासीका हकमा पनि लागू हुन्छ भन्ने अपेक्षा राखेका थिए ।

 

स्वदेशी लगानी हुँदै हुन्न, विदेशी लगानी भित्र्याउनुपर्छ भन्ने दलिल गर्ने डा महतलाई जितेका दोलखाबासी पछिल्लो समयमा चित्त खाए । किनकी उनीहरुले देखेको सपना माथिल्लो तामाकोशीले पूरा हुने लक्ष्ण देखाएको थिएन ।

कम्पनीले दोलखाबासीका लागि रु एक अब ५ करोड बराबरको मात्रै साधारण शेयर दिने भयो । किनकी पूँजी संरचनाको दश प्रतिशतका आधारमा हुन आउने रकम त्यत्ति नै थियो । त्यस भन्दा बढी कम्पनीले दिन सक्ने अवस्था नै थिएन ।

आयोजनाको पक्षमा लडेका दोलखाबासीले अन्ततः ३४ कित्तामा चित्र बुझाउनुपर्ने वाध्इता आइलाग्यो । त्यो पनि ठिकै थियो । उनीहरुले मानेकै थिए । तर ऋण गरेर शेयरमा आवेदन गरेका दोलखाबासीको शेयरमा लगानी भएको रकम फिर्ता नभएपछि उनीहरु विगतको त्यही दिन सम्झिरहेका छन्, जुन दिन उनीहरुले आयोजनाबाट समृद्धिको ठूलो सपना देखेका थिए ।

सनराइज बैंक र सनराइज क्यापिटलको बदमासीका कारण ऋण गरेर लगानी गरेको रकम फिर्ता नपाएपछि उनीहरु यतिखेर थाल खाँउ कि भात खाँउको अवस्थामा पुगेका छन् । समस्या चर्कदै गएपछि आयोजनाले यतिखेर नयाँ उपाय सुझाएको छ  । त्यो भनेको  माथिल्लो तामाकोशीले
रकमान्तर हुन नसकेका स्थानीयसँग आवेदन माग गरेको छ ।

  कम्पनीले गत साउन १६ देखि भदौ २१ सम्म बिक्री गरेर  सेयर नपरेको रकम फिर्ता गर्न आगामी पुस १ गतेबाट आवेदन खुलाउन लागेको जनाएको छ ।
कूल २ लाख ७६ हजार १ सय ९४ आवेदकमध्ये ५२ हजार स्थानीयको खातामा रकमान्तर नभएपछि आवेदन खुला गर्न लागिएको कम्पनीले जनाएको छ ।
शेयरमा  आवेदन दिँदा नाम नमिलेका, खाता नम्बर नमिलेका तथा रोक्का भएका, ग्राहक परिचयपत्र विवरण नबुझाएका र ६ महिनाभन्दा बढी समय कारोबार नगरेका कारण रकम फिर्ता नभएका स्थानीयले आवेदन भर्नुपर्ने व्यवस्था गरिएको छ ।
 शेयर आवेदकको खातामा डाटा रुजु गरेर रकमान्तर गर्दा समेत पैसा फिर्ता हुन नसकेपछि सेयर भर्न दरखास्त बुझाएकै केन्द्रमा आवेदन दिन कम्पनीले आग्रह गरेको छ । राजधानीबाट आवेदन दिने दोलखालीको हकमा भने चेकमार्फत रकम फिर्ता गरिने कम्पनीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया