संवैधानिक परिषद् बैठक भोलिका लागि बोलाइयो

५ बर्ष अगाडि

काठमाडौं–संवैधानिक परिषद्को बैठक बुधबारको लागि बोलाइएको छ । आगामी पुस ५ गतेका लागि तय भएको परिषद् बैठकको मिति परिवर्तन गरी बुधबार बिहान ९ बजेको लागि बोलाइएको हो । 

परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिसको निर्णय गर्नेछ । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि  न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाएको  छ ।

यसअघि पनि सिफारिस भएका जोशीलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगरेको र राणापनि विवादित पृष्ठभूमिका भनिएकाले परिषद्बाट नाम सिफारिस हुन सकस परेको बताइन्छ । 

तर, प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस २७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने बाध्यता छ । 

संवैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन प्रधानन्यायाधीश बन्ने प्रावधान छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया