सोल्टी ले आफ्ना लगानीकर्तालाई नगद लाभांश  र बोनस सेयर दिने

५ बर्ष अगाडि

काठमाडौं– सोल्टी (होटल सोल्टी)ले आफ्ना लगानीकर्तालाई नगद लाभांश  र बोनस सेयर दिने भएको छ । 
कम्पनीले २६ प्रतिशत  लाभांश पारित गराउन पुस २६ गतेलाई साधारणसभा बोलाएको छ ।  होटलले गत आर्थिक बर्षको नाफाबाट १६.३१ प्रतिशत नगद लाभांश  वित्तरणको प्रस्ताव पारितका लागि साधारणसभामा प्रस्तुत गर्नेछ ।
 यसै गरी कम्पनीले प्रत्येक १० कित्ता सेयर बराबर थप एक कित्ताका दरले  (१० प्रतिशत) बोनस सेयर वित्तरण गर्ने विशेष प्रस्ताव समेत  साधारणसभामा लैजाने छ । कम्पनीको ४४औ बार्षिक साधारण सभाको प्रयोजनका लागि मंसिर २६ गतेदेखि पुसा २६ गतेसम्म सेयर दाखिला खारेज बन्द हुनेछ । 
गत वर्ष (२०७४÷०७५) होटलको कुल आम्दानी १.४४ प्रतिशतले बढेको छ । सोल्टी होटलको चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७ सय ४० रुपैयाँ छ । बोनस सेयर वित्तरण पछि होटललको चुक्ता पुँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया