५ राज्यको चुनावी नतिजा पछि राहुल गान्धीले भने अहिले पनि भाजपालाई हराइदियौ, २०१९ मा पनि हराउँछौ

५ बर्ष अगाडि

काठमाडौँ–  भारतको ५ राज्यमा भएको विधानसभामा आफ्नो पार्टीले जीतच निकालेपछि भारतीय काँग्रेस आईका अध्यक्ष राहूल गान्धीले सन् २०१९ मा हुने हुने लाकेसभाको निर्वाचनमा नरेन्द्र मोदी र भारतीय जनता पार्टीलाई धूलो चटाइदिने घोषणा गरेको छन् । उनले भनेका छन् विजेपीलाई आज पनि हरायौ, सन् २०१९ मा पनि हराइदिन्छौ ।

भाजपको सामाजिक फासीवादी चरित्रलाई जनताले नांगेझार पारिदिएको काँग्रेसको टिप्पणी रहेको छ ।

भाजपा आफ्नो नीतिमा असफल भयो, त्यसकारण जनताले हराइदिए । जनताले परिवर्तन चाहेका थिए, त्यही देखाइदिए । काँगेसले राजस्थान, छत्तिसगढ, मध्य प्रदेशमा सरकार बनाउने तर्फ अगाडि बढेको छ । यद्यपी मध्य प्रदेशको चुनावी नजिता आउन केही ढिलाई भएको छ ।

सन् २०१४ को निर्वाचनमा मैले धेरै कुरा सिके । मेरा लागि त्यो चुनाव खराब पनि रह्यो । तर जनताले मोदीलाई मौका दिएका थिए । उनले त्यो मौकालाई सम्हाल्न सकेनन् ।

 

मोदीले रोजगारी दिनृ वाचा गरेका थिए, के त्यो उनले पूरा गरे ,राहुलले भनेका छन्  मोदीले जुन जुन कुरा गर्छौ भनेर वाचा गरेका थिए, त्यो पूरा गरेनन् । उनी जहाँ गए, जे गरे त्यो केवल प्रचारका लागि गरे । भारतमा निर्वाचन भर यति ठूलो मात्रामा प्रचार गरियो कि मानौ मोदी राज्य राम राज्य भन्दा बढ्ता भइरहेको छ ।

नोटबन्दीका कारण हजारौ नागरिकले अनाहकमा दुःख पाए । जिएसटिी, बेरोजगारीका कारण खुसी भएनन् । मैले बारम्बार भने नोटबन्दीले असाध्यै ठूलो घोटाला गर्छ तर मोदीले आफ्नो स्वार्थ पूरा गर्न लागिपरे ।

राहुलले अझ अगाडि बढेर भने तेलंगनामा काँग्रेसले राम्रो गर्छ भन्ने मेरो विश्वास थियो तर फेरी पनि ठिकै छ । मेरो अमह् विषय रोजगार, भ्रष्टाचारको नियन्त्रण , किसानको समस्या समाधान गर्नेमा ने केन्द्रीत छ ।

हामी विपक्ष एकदमै मजबूत छौ, सबै मिलेर मोदीको विरुद्धमा लड्छौ । चुनाव प्रचारको समयमा हामीले कही कतै पनि गलत भाषा प्रयोग गरेनौ । हामी बेरोजगार, किसानको समस्या समाधान गर्छौ ।

निर्वाचनमा पराजित भएपछि दिनभर चुपचाप बसेका मोदीले राती दश बजे मात्रै एक ट्वीट गरे र काँग्रेसलाई जितको लागि बधाई दिए । उनले आफ्ना कार्यकर्तालाई समेत राहत दिने भाषा प्रयोग गरे र उनले भने हार र जित जिन्दगीको एक हिस्सा हो ।

पछिल्लो परिणामअनुसार मध्यप्रदेशमा काँग्रेसले ११४ सिट जितेको छ भने भाजपाले १०९ सिट जितेको छ । काँग्रेसलाई सरकार बनाउन मात्रै २ सिट जरुरी पर्दछ । अन्य दलले ७ सिट जितेका छन् ।

यस्तै छत्तिसगढमा काँग्रेसले ६८ सिट जितेको छ । भाजपाको हातमा १५ मात्रै परेको छ । सरकार बनाउन मात्रै ४६ सिट आवश्यक पर्दछ । राजस्थानमा काँग्रेसले १०० सिट जितेको छ । भाजपाले मात्रै ७३ सिट जितेको छ । अन्यले २६ सिट जितेका छन् । सरकार बनाउन १०१ सिट आवश्यक पर्दछ ।

तेलंगनामा टीआरएसले ८८ सिट जितेको छ । काँग्रेसले २१ सिट जित्दा भाजपामा १ सिटमा सिमित छ ।

मिजरोममा काँग्रेसले ५ सिट जितेको छ , त्यहाँ पनि भापजा १ सिटमा सिमित छ । यस्तै एमएनएफले २६ सिट जितेको छ । सरकारका लागि २१ सिट आवश्यक पर्दछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया