भोटेकोशीको पुनः निर्माणको खर्चलाई लिएर लगानीकर्ताबीच विवाद, पुनः निर्माणमा ७ अर्ब खर्च लाग्ने

५ बर्ष अगाडि

काठमाडौं – जुरको पहिरो, भूकम्प र पहिरोले थिथिलो भएको भोटेकोशी जलविद्युत् आयोजनाको पुनः निर्माणको काम अगाडि बढीरहँदा त्यसमा हुने लागतको विषयमा लगानीकर्ताका बीचमा विवाद सुरु भएको छ ।

 

सो आयोजनामा सुरुमा लगानी अमेरिकाको पाण्डा पावरले गरेको हो । त्यसमा नेपालको व्यापारिक समूह एवम् बुटवल पावर समेत संलग्न रहेको छ । तर शेयरको प्रतिशतका आधारमा हेर्दा बुटवल पावरको करिब १० प्रतिशतको हाराहारीमा मात्रै रहेको छ ।

 

बाढी पहिरो र भूकम्पले समस्यामा पारेको आयोजना विगत ४ वर्षदेखि करिब रिक बन्द अवस्थामा रहेको छ । नेपाल विद्युत् प्राधिरकणको आर्थिक स्वास्थ्यमा समेत खराब पहिचान बनाइदिएको सो आयोजनाका कारण प्राधिकरण सधै समस्यामा पर्ने गरेको छ ।

 

पछिल्लो पटक पुनः निर्माणमा लाग्ने खर्च व्योहोर्न अमेरिकन कम्पनलिे नेपालका लगानीकर्तालाई आग्रह गरेको छ । तर नेपालका लगानीकर्ता आफ्नो हिस्सा अनुसार मात्रै खर्च गर्न सकिने बताउँदै आएका छन् । कमाइृ हुने बेलामा सबै रकम अमेरिका नै लैजाने, त्यो पनि अमेरिकन डलरमा , अहिले पुनः निर्माणमा चाही हामीले खर्च गर्नुपर्ने भन्दै उनीहरुले अटेर गदैृ आएका छन् ।

 

कमाई लानेले खर्च पनि गर्नुपर्छ भन्ने नेपाली साझेदारको भनाइ छ । अमेरिकनले भने कमाईमा लागत अनुसारको प्रतिफल दिएकै छौ, अहिले हामी पैसा ल्याउन सक्दैनौ, त्यसकारण मिलेर बनाऊ पछि दिउला नी भन्ने उनीहरुको भनाइ छ ।

 

बुटवल पावरका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उत्तरकुमार श्रेष्ठले त सार्वजनिक स्थानमा नै भोटेकोशीको पुनः निर्माणमा बुटवल पावरले केही गर्न नसक्ने बताउँदै आएका छन् ।

 

उनले विवाद भएको कुरा समेत स्वीकार गरेका छन् । विवाद भएको विषय सत्य हो, हामी आफ्नो हिस्सा अनुसार मात्रै काम गर्न सक्छौ, सबै त गर्न सक्दैनौ ।

सो आयोजनाको ३० प्रतिशत पुनर्निर्माण सकिएको छ । अबको एक वर्षमा पूरा गर्ने लक्ष्यसहित पुनर्निर्माण भइरहेको हो ।

 

२०७१ साउनको जुरे पहिरो, २०७२ वैशाखको भूकम्प र २०७३ को भोटेकासी नदीमा आएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो ।

हाल क्षति भएको  मूख्य संरचनाको पुनः निर्माण भइरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिक्रम स्थापितले लगानीकर्ताउका बीचमा समान्य विवाद रहनु स्वभाविक रहेको बताउने गरेका छन् ।

 

हाल  बाँधको गेट, बालुवा थिग्र्याउने पोखरीको पर्खाल, र विद्युतगृह पुनर्निर्माण भइरहेको छ । क्षतिग्रस्त बाँधको एक तिहाइ हिस्सा भत्काएर नयाँ संरचना निर्माण भइरहेको छ ।

 

चीनको सिनो हाइड्रोले २०७४ पुसबाट आयोजना पुनर्निर्माणको काम सुरु गरेको हो । कुनै प्रकारको अवरोध नआए २०७६ मंसिरबाट विद्युत उत्पादन गर्ने तालिका तय गरिएको छ ।

 

 पुनर्निर्माणका लागि रु ७ अर्ब लाग्ने अनुमान छ । भोटेकोसीको विद्युत उत्पादन बन्द हुँदा ४ वर्षको आम्दानी गुमेको अमेरिकनको दावी छ । आयोजनबाट ४५ मेगावाट विद्युत् उत्पादन भइरहेको थियो । सो आयोजनाबाट उत्पादित विद्युत् अमेरिकी डलरमा खरिद गर्ने सम्झौता भएको थियो । जसका कारण प्राधिकरणको अािर्थक अवस्थामा समस्या  पार्दै  आएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया