नेकपामा छैन संगठन, कार्यकर्ता निराश

५ बर्ष अगाडि

काठमाडौं– पार्टीलाई तर्दथवादमा चलाउन खप्पिस मानिएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण पार्टी धरापमा पर्दै गएको छ । सचिवालयको बैठक बोलाउने तर बस्दै नसबी स्थगित गर्ने, स्थायी समितिको बैठक नै नबोलाउने तथा सिमित कोटरीको भरमा पार्टी चलाउने गरेको आरोप ओलीमाथि लागेको छ । ओली अरुका कुरा खासै सुन्दैनन् । उनलाई लामो समय संगत गरेका आरके मैनाली भन्छन् ओलीमा म नै सबै हो भन्ने अह्म रहेको छ । 

उनले पार्टीलाई संस्थागत रुपमा चलाउने भन्दा पनि आफुखुसी चलाउने गरेका छन् । एकता प्रक्रिया सुरु भएको लामो समय भइसक्दा पनि एकता प्रक्रिया ट्ंगो लागेको छैन । पार्टी कार्यकर्तामा चरम निराशा रहेको छ । सरकारको काम गर्ने शैली पनि विगतको त्रिशंक सरकार भन्दा फरक छैन । सरकारका मन्त्रीहरुको काम गर्ने शैली पनि उस्तै छ । नयाँ काम गरौ भन्ने सोच कुनै पनि मन्त्रीमा छैन । 
केवल कसरी पैसा कमाउने र सुख सयल थप गर्ने भन्ने बारेमा नै उनीहरु दत्तचित्त भएर लागेका छन् । मन्त्रीहरुले आफ्ना पिए तथा सचिवालयका मान्छे परिचालन गरेर पेसा उठाउन परिचालन गरेका छन् । पार्टी डामाडोल भएको छ, कार्यकताृमा उत्साह छैन, जनता चरम निराश भएका छन् । सरकारप्रति जनताको एक रत्ती पनि विश्वास छैन । पार्टी बैठक बोलाउन नै हस्ताक्षर संकलन गर्नुपर्ने अवस्था आइपरेको छ । 
माधव नेपाल गुटका मान्छेहरु पार्टीभित्र अराजक अवस्था आएको भन्दै हस्ताक्षर संकलन गरेर हिडेका छन् । उनीहरु सरकारलाई असफल देखाउने प्रपञ्चमा लागेको भन्दै ओली गुट पनि आक्रामक देखिएको छ । सरकारका नियुक्ति हेर्दा पनि विजोक देखिन्छ । विगतमा भ्रष्टाचारी भनेर गनाएका, किर्ते काण्डमा परेका, तथा आर्थिक अपराधमा मु्छिएकाहरु धमाधम पुरस्कृत भइरहेका छन् । पैसाको बलमा त्यस्ता मान्छेहरुले धमाधम राम्रा राम्रा निकायमा पुरस्कृत भएका छन् । पार्टी एक भएको भनिएपनि राजनीतकि नियुक्तिमा पूर्व माओवादी केन्द्रका कुनै पनि नेता तथा कार्यकर्ता परेका छैनन । 
तर अर्का पार्टी अध्यक्ष प्रचण्ड समेत चुपचाप बसेका छन् । पार्टी एक भएको सन्देश दिन पनि राजनीतिक नियुक्तिमा समानुपातिक प्रणाली लागू हुनुपर्नेमा त्यसो हुन सकेको छैन । सरकार मुखले आर्थिक समृद्धिको गफ दिँदै हिडेको छ । तर सत्ता बाहिर रहेको नेत्र विक्रम चन्द समूहले त सरकारलाई काँग्रेस भन्दा पनि चरम भ्रष्टाचारी भन्ने तहमा पुगेको छ । 

नेपाल वायु सेवा निगमको जहाज खरिदमा प्रधानमन्त्रीदेखि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी समेत मुछिएका छन् । ठूलै आर्थिक चलखेल भएको जानकारहरुको भनाइ छ ।  कमिसन सबैले लिने तर दोषी भने निगमका महाप्रबन्धक सुगतरत्न कसांकारलाई मात्रै बनाउने खेल समेत सुरु भएको छ । सरकार शतप्रतिशत नानालायक सिद्ध हुँदै जाने, उता पार्टी पनि लथालिङ हुने अवस्था आएको भन्दै राजनीतिक विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया