काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तत्काल उपकुलपतिको नियुक्ति गर्न माग गरिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्मचारी युनियनले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयबाट गठित कमिटीको सिफारिस अनुसार प्रस्तावित उम्मेदवार मध्येबाट उपकुलपतिको नियुक्ति गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।
युनियनका कार्यबाहक अध्यक्ष प्राध्यापक डाक्टर प्रकाश बहादुर थापाले जारी गरेको विज्ञप्तिमा उपकुलपतिको नियुक्ति पश्चात ५० प्रतिशत पदहरुमा प्रतिष्ठानमै कार्यरत कर्मचारी मध्येबाट नियुक्ति गर्न पनि माग गरिएको छ ।
प्रतिष्ठान विगत ४ महिनादेखि उपकुलपतिविहिन रहेको छ । जसका कारण प्रतिष्ठानबाट प्राप्त हुने स्वास्थ्य सेवाका साथै दैनिक कामकाज ठप्प हुँदै आएको छ ।
प्रतिक्रिया