दाङमा जन्ती बोकेको जीप बससँग ठोक्कियो, ६ जनाको मृत्यु

५ बर्ष अगाडि

दाङ – दाङमा जन्ती बोकेको एक जीप बससँग ठोक्किन पुग्दा ६ जनाको मृत्यु भएको छ । 
 पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ रिहारमा बिहीबार बिहान सो दुर्घटना हुन पुगेको हो । 

चितवन गितानगरबाट दुलही लिएर बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किन पुगेको थियो । 
 
घटनामा दुलाहाका बुवा बाँकेको राप्ती सोनारी गाउँपालिका–८ का ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला खत्री र आफन्तहरु ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका–१२ का ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

दुर्घटनामा अरु २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा  ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुलाहादुलही अर्को गाडीमा सवार रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया