दुखी हुँदै स्वदेश फर्किइन् श्रृंखला खतिवडा

५ बर्ष अगाडि

काठमाडौं – मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्किएकी छन् । चीनको सान्यामा केही दिन अगाडि सम्पन्न ‘मिस वल्ड ’ प्रतियोगितामा भाग लिएर उनी बुधबार साँझ स्वदेश फर्किएकी हुन् ।

‘मिस वल्र्ड’ ताज हासिल गर्न नसके पनि उनले सबैको माया भने जित्न सफल भएकी छन् । उनले त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै नेपाललाई आफुले बिश्वमा चिनाउन सफल भएको बताइन् ।

प्रतियोगीतामा ब्यूटी विथ द प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी उनले नेपालीहरुको सहयोग र मायाले यो उपलब्धि हासिल गर्न सफल भएको बताइन् । 

नेपालीले मभोट मार्फत आफुलाई अथाहा माया बर्साएको बताएकी उनले भनिन् ‘मेरो पक्षमा आएको भोट देखेर अन्य साथीहरु अचम्भित हुन्थे । सबैप्रति म एकदमै ऋणी छु ।’

 उनले १२ पुग्ने आफुमा कन्फिडेन्स भएकोले त्यो सफलतामा आफुलाई खासै अचम्म नलागेको बताएकी उनले टप ५ अटाउने उदेश्य पुरा हुन नसकेको बताइन् । ‘दुई वटा महत्वपूर्ण अवार्ड जितिसकेको अवस्थामा म टप ५ मा पुग्नुपर्ने थियो । खै के कारणले पुगन सकिन्छ ।’

यसपाली मिस वल्र्डको फम्र्याट पहिला भन्दा परिवर्तन भएको कारणले पनि आफूलाई असर परेको उनले बताइन् । उनले थपिन् ‘नेपालीहरुको मैले शिर्ष उपाधि जित्ने अपेक्षा गरेको थिए । तर सकिन । धेरै दुखी छु ।’
 

५ बर्ष अगाडि

प्रतिक्रिया