मोदीको पानी जहाज बालुवामा फस्यो, ओलीको पानी जहाज कहाँ पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले केही समय पहिले नेपालको पानी जहाजले समुन्द्र जोड्ने र पानी जहाज चढेर कोलकता पुग्ने भन्दै भाषण गरेका थिए । उनले आगामी पुसमा पानी जहाज चढने निम्तो प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुलाई समेत दिएका थिए । उनले कोशी र गण्डी नदीमा पानी जहाज चल्ने र त्यसको तयारी भइरहेको समेत बताएका थिए ।

पानी जहाज चलाउने विषयमा केही समय पहिले नेपाल र भारतका अधिकारीको संयुक्त बैठक समेत बस्यो । जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे संयोजत्वको समितिले नेपाल भित्र निर्माण हुने पानी जहाजको मार्गको विषयमा अध्ययन समेत गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय पानी जहाजको प्रसंगलाई भाषणमा जोडन छाडेका छन् । तर सरकारी स्तरमा नै पानी जहाज चलाउने विषयमा छलफल भने जारी रहेको छ । जल तथा ऊर्जा आयोगले सो सम्बन्धमा प्राविधिक काम गरिरहेको बताएको छ । तर भारतमा भारतीय प्रधानमन्त्र िनरेन्द्र मोदीले उद्घाटन गरेको जलमार्गमा भने पटक पटक अवरोध आएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

भारतीय अनलाइन हिन्दी द प्रिन्टमा पत्रकार तथा लेखक अभय मिश्राले जलमार्गको बारेमा लामो आलेख लेख्दै भनेका छन् पानी जहाज चल्ने जलमार्गमा पटक पटक समस्या आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १२ नोभेम्बर, २०१८ मा उक्त जलमार्गको उद्घाटन गरेका थिए । उनले उद्घाटनको क्रममा भनेका थिए भारतको पहिलो राष्ट्रिय जलमार्गले  सफलता पूर्वक आकार लिएको छ । वनारस टर्मिनलको उद्घाटन गर्दै उनले पहिलो कार्गो जहाज आउनुलाई सफलताको संज्ञा दिएका थिए । सो पानी जहाज आएको करिब ३ हप्तासम्म कुनै पनि पानी जहाज वनरास पुगेनन् । उद्घाटनको दिन पुगेको पानी हजा नै सो जलमार्गमा चल्ने एक मात्र पानी जहाज थियो ।

गंगा नदी संसारकै सबैभन्दा बढी बालुवा बगाएर ल्याउने नदी हो  । जसका कारण सो नदीमा पानी जहाज चलाउने विषय असाध्यै गाह्रो काम हो २७ नोभेम्बरका कोलकत्ताको मुगेर गइरहेको पानीजहाज भागलपुरमा फस्यो ।  पर्यटक बोकेर गएको सो पानी जहाज निकालेर पुनः कोलकत्ता नै फकाईयो । गंगा नदीमा तैरिएर भारत हेर्न चाहेका पर्यटक निराश भएर फर्किए ।

सो पानी जहाज यसरी फस्यो कि गंगाको बालुवामा त्यसलाई निकाल्न असाध्यै गाह्रो भयो । सो बालुवा भरिएको स्थान त्यही स्थान हो जहाँ सरकारले पानी जहाज चलाउनका लागि बनाएको च्यानल हो । प्रधानमन्त्री मोदीकाअनुसार सो च्यानल ४५ मिटर लामो रहेको छ । जबकी सो च्यानलमा ठूला क्षमताका पानी जहाज समेत चल्न सक्छ भन्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा थियो । तर पानी जहाजमा चढेर गएका पर्यटकले उक्त च्यानलको लम्बाई, चौडाई र गहिराइको समेत पोल खोलिदिए । ठूलो जहाजले होइन सानो पर्यटक पानी जहजा नै बालुवामा फसेपछि मोदीको घोषणाको पोल खुलेको हो ।

ठूला जहाजको कुरा  गर्दा नै हामी मुर्ख हुन जान्छौ , उक्त आलेखामा भनिएको छ । किनकी साना तथा मझौला पानी जहाज  नै चल्न समस्या भएको छ । साना तथा मझौला जहाज चल्नका लागि ४ मिटर गहिराई आवश्यक पर्दछ । गरिहाइृ त छाड्नुस अवस्था यस्तो छ कि बालुवाको मात्रा यत्ति धेरै जम्मा भएको छ त्यसले अरु केही गर्न दिँदैन । जब जहाज भागलपुर पुग्यो तब बरारी घाटमा फस्न पुग्यो । जहाजलाई पछाडिबाट तानेर निकाल्ने प्रयास गरियो । दोस्रो बाटो अर्थात्  नवगछिया तर्फबाट निकाल्ने कोशिस गरियो । तर नजगछियाको पुल नजिक जहाज निस्कन सकेन । सो पुलको उचाई बढी भएपनि बालुवा भरिदै गएर होचो भएको छ । जहाज त्यसस्थानबाट अगाडि बढन नसकेपछि निकालेर कोलकत्ता नै फर्काउनु परेको थियो ।

जलयातायात असाध्यै सस्तो पर्छ । त्यसमा कुनै दुविधा भने छैन । तर प्राविधिक पक्षको ध्यान नदिई, बालुवाको प्रभावको कुनै विचार नगरी जहाज चलाउन खोज्नु पनि अर्को दुखद पक्ष रहेको छ । भारतीय सत्तालाइृ वातावरण र पर्पावरणको कुनै चिन्ता छैन  । वनारसमा कछुवा, डल्फिनको समेत बासस्थान रहेको छ । सुल्तानगन्जदेखि कहलगांवको ५० किलोमिटर क्षेत्रमा डल्फिन विचरण गर्ने गर्छन ।

डल्फिन असाध्यै संवेदनशिल जलप्राणी हो । पानी जहाजका कारण डल्फिन घाइते भएका छन् । सरकार आफ्नो लक्ष्यमा कटिवद्ध रहेको छ । कूल ११ नदीको प्रयोग गरेर १४ हजार ५०० किलोमिटर लामो जलमार्गको विकास गर्ने लक्ष्य राखिएको छ । त्यसको लागत ७०० अर्ब रहेको छ ।  तर बालुवामा पानी जहाज चलाउन सरकार सक्षम होला त प्रश्न भने अह्म रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया