स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समीक्षा हुने

५ बर्ष अगाडि

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समीक्षा हुने स्पष्ट पारेका छन् । 
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता रायमाझीले पार्टीको अब बस्ने स्थायी समिति बैठकमा पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको विषयमा छलफल तथा समिक्षा हुने जनाएका हुन् । 
उनले भने,‘हामी पार्टी एकतालाई पूर्णता दिने पक्षमा छौं । सरकार गठन भएको पनि ९ महिना पूरा भैसकेको छ । यो बीचमा सरकारले हाँसिल गरेको उपलब्धिहरु र कमिकमजोरीहरुबारे छलफल र समिक्षा दुवै हुन्छ ।’
पछिल्लो समय सरकारले आफ्नो कामकारबाहीको गतिलाई बढाएको रायमाझीको विश्वास छ । उनले भने,‘तीन महिना अघि र अहिलेको सरकारको गति हेर्दा अहिले गियर बढाएको छ । सरकारले अहिले पिक–अप लिएको छ । म अहिले सरकारको काम गराईबाट खुशी छु ।’
पहिलेको तुलनामा सरकारले धेरै राम्रो काम गरेको उनले जिकिर गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता रायमाझीले थपे,‘बाटा घाटाहरु बनेका छन् । काठमाडौं उपत्यकामा धुलो धुँवा कम भएको छ । खाल्डाखुल्डीहरु पुरिएको छन् । कलंकी–नागढुंगा सडक धेरै राम्रो बनेको छ । रिङ रोडहरु धमाधम बनिरहेका छन् ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले कांग्रेसको ईतिहाँसमा शेरबहादुर देउवाजस्तो उदारवादी सभापति अहिलेसम्म कोहीपनि नभएको जिकिर गरेका छन् । उनले भने,‘उहाँजस्तो लिवरल सभापति कांग्रेसको ईतिहाँसमै कोही पनि छैन् । उहाँले अरु नेतासँग सरसल्लाह नगरी कुनैपनि निर्णय लिनुहुँदैन् । विधानले सभापतिलाई दिएको अधिकार प्रयोगपनि उहाँले गर्नुभएको छैन।’
फरक प्रसँगमा उनले वर्तमान सरकार आँफै धर्म प्रचारमा लागेको आरोप लगाए । उनले भने,‘सरकार धर्मको प्रचारमा मात्रै होइन, कमाउ धन्दामा पनि लागेको छ । अहिले त ठेक्कापट्टामापनि लागिसक्यो ।’
सरकार गठन भएको एक वर्ष भैसक्यो तर केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको उनको गुनासो छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया