नेकपाको स्थायी समिति बैठकः यस्ता छन् छलफलका एजेण्डा

५ बर्ष अगाडि

काठमाडौँ– पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक बस्न शनिवार बस्दै छ । ने क पाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्सिर २२ गते बसेको केन्द्रीय सचिवालयको बैठकले स्थायी समितिको बैठक बस्ने मिति तय गरेको थियो । 
पार्टीको सांगठनिक एकीकरण, सरकारको काम कारवाही, केन्द्रीय सदस्यको कार्य विभाजनलगायतका ‘एजेण्डा’मा छलफलका गर्न स्थायी समितिको बैठक बस्न लागेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 
सचिवालयले गरेका संगठन तथा सरकारसम्बन्धी निर्णयलाई अनुमोदन गर्न पनि स्थायी समितिको बैठकमा प्रस्तुत गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको हो । दुई पार्टी बीच एकीकरण भएपनि पार्टीका भ्रातृ संगठन, विभाग तथा मोर्चाहरूको एकीकरण अझै टुङ्गो लागेको छैन । असोज ५ गते बसेको सचिवालयको बैठकले प्रदेशका इन्चार्ज र सहइन्चार्ज तथा प्रदेश कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो भने मङ्सिर १२ गते बसेको सचिवालयको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । 
त्यसबाहेक अरु कुनै कमिटी, मोर्चा, विभागको एकीकरण टुङ्गो लागेको छैन । प्रदेश समितिलाई नै जिल्ला तथा स्थानीय तहको एकीकरणलाई टुङ्गो लगाउन जिम्मेवारी सुम्पिएको छ । पार्टीको एकीकरण भएको झण्डै सात महिन हुन लाग्दा पनि केन्द्रीय समितिमा रहेका सदस्यहरूको कार्यविभाजन हुन सकेको छैन । यी सम्पूर्ण विषयमा शनिवार बस्ने स्थायी समितिको बैठकमा छलफल हुने स्थायी समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया