काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

५ बर्ष अगाडि

भोपाल – भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्नु हुने भएको छ । 

डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त हुनुभएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा समथग्रहण गर्नु हुने समाचारमा जनाइएको छ ।

मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहनु भएका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । 

हालैमात्र सो राज्यमा सम्पन्न विधान सभाको निर्वाचनमा काँग्रेस पाटीको विजयपछि कमलनाथलाई मुख्य मन्त्रीमा प्रस्ताव गरिएको हो । मध्य प्रदेशमा उप मुख्यमन्त्री भने रहने छैन । 

यसअघि भारतीय जनता पार्टी (बिजेपी) का नेता शिवराज सिंह चौहान तीन पटकसम्म लगाताार सो राज्यको मुख्यमन्त्री रहेका थिए । 

आफ्नो राजनीतिक यात्रा शुरु भएयता ७२ वर्षीय काँग्रेस नेता कमलनाथ पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । उहाँ काँग्रेस पार्टीको तर्फबाट मध्य प्रदेशमा नौ पटकसम्म साँसद हुनु भएको थियो । 

यसअघि पनि उहाँले भारतका पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहको मन्त्रिमण्डलमा दुई पटक सम्म उद्योग र यातायत मन्त्रीको जिम्मेवारी संहालीसक्नुभएको छ । 

मध्य प्रदेशमा हालै भएको निर्वाचनमा काँग्रेसले १ सय १४ सिटमा विजय प्राप्त गरेको छ । बहुमत प्राप्त गर्नको लागि काँग्रेसको दुइ सिट मात्र कम भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया