नेपालले भारुमा लगाएको प्रतिबन्धबारे भारतीय मिडियामा खैलाबैला

५ बर्ष अगाडि

 काठमाडौं – सरकारले भारतीय २ हजार, ५ सय र २ सय रुपैयाँ नेपालमा नचल्ने निर्णय गरेपछि त्यसको बारेमा भारतीय सञ्चारमाध्यमहरुले विभिन्न तर्क सहितका समाचार सामग्री सार्वजनिक गरेका छन् ।

बिबिसी हिन्दीले ती नोट नचल्नुको पछाडि नोटबन्दी भन्दा पहिले नेपालमा रहेका भारतीय मुद्राको सटहीमा भारत सरकारले देखाएको व्यवहारलाई प्रमुख कारणको रुपमा लिएका छन् ।

सरकारले ती भारतीय मुद्रा नेपालमा नचल्ने बताएको छ । सो सम्बन्धी जानकारी सञ्चार मन्त्री गोकूल बाँस्कोटाले बिहिबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

भारतले सन् २०१६ को मे मा लागू गरेको नोटबन्दी पछि नयाँ नोट ल्याएको थियो ।

सन् २०१६ को ८ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० को नोट बन्द गर्ने घोषणा गरेका थिए ।

त्यसको करिब २ वर्ष पछि नेपालमा समेत प्रयोग भइरहेको नयाँ नोट बन्द गर्ने निर्णय नेपालले गरेको छ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो भने जानकारी बिहिबार गराएको थियो ।

बिबिसि हिन्दीले सरकारी प्रवक्ता बास्कोटाको भनाइलाई उदृत गर्दै लेखेको छ २ हजार, ५ सय र २ सय भारतीय मुद्रा राख्नु, कारोवार गर्नु, सामान खरिद गर्नु र भारतबाट नेपालमा ल्याउन समेत गैरकानुनी रहेको हुन्छ । भारतले नोटबन्दी गरेपछि लगातार नोट सटहीको विषय प्रमुख मुद्दा बन्दै आएको छ । भारतीय मुद्रा नेपालमा असाध्यै राम्रोसँग कारोवार हुने गरेको थियो ।

भारतको पूरानो ५ सय र १ हजारको नोटलाई बढो जतनमा साथ नेपालीले राख्ने गरेको दावी समेत बिबिसि हिन्दीमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका अनुसार उसको साथामा ८ करोड पूराना नोट रहेका छन् । भारतका पूराना नोटको मुद्दामा नेपालका अधिकारी भारतीय अधिकारीसँग पटक पटक गुनासो गदैृ आएका थिए ।

बिबिसि िहिन्दीले विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भष्मिराज ढुंगानाको जानकारी समेत उक्त विवरणमा सामावेश गरेको छ । ढुंगानाले २०१८ को सेक्टेम्बरमा भनेका थिए भारत पूराना नोट किन बदल्न चाहँदैन ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समय पहिले जनकपुरमा अवस्थित जानकरी मन्दिरको दर्शन गर्न गएको बेला समेत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पूराना नोट साटिदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले पटक पटक सो विषयमा भारत सरकारको ध्यानाकर्षण गराएका थिए ।  तर त्यसपछि पनि केही भएन । जुन विषयलाई लिएर नेपाल सरकार दुखित रहँदै आएको थियो ।

सोही कारण नेपाल सरकारले भारतीय नोट नेपालमा नचल्ने निर्णय गरिदिएको बिबिसि हिन्दीले लेखेको छ । नोट नचल्ने निर्णयले दुई देशको सम्बन्धमा असर पर्ने बारे केही बताइएको छैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया