नुवाकोटमा आइचर दुर्घटनाः १६ को मृत्यु भएको पुष्टि

५ बर्ष अगाडि

काठमाडौं– नुवाकोटको ध्याङफेदी गाउँपालिका १ स्थित सिसीफू मा भएको आइचर दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । 
जिल्ला प्रहरी कार्यालय नुवाकोटले १६ जनाको मृत्यु् भएको पुष्टि गर्दै उद्दार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने जनाएको छ । 

शिखरबेसीबाट  आफन्तको मृत्युकर्म सक्याएर घर फर्किँदै गरेका सीसीफूका स्थानीय सवार बा३ख ३९१३ नम्बरको गाडी दुर्घटना परेको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य नागसङ तामाङले जानकारी दिए । गाडीमा कम्तीमा ३० यात्रु सवार रहेको बताइएको छ । घाइतेहरुलाई थप उपचारका लागि जिल्ला सदरमुकामतर्फ ल्याइँदैछ । 

अहिले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा डीएसपी भीमलाल भट्टराईको टोली दुर्घटनास्थल पुगेको छ । दुर्घटनास्थल सदरमुकाम विदुरदेखि साढे ३ घण्टाको दूरीमा पर्छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया