एयर एसियाले बुझाएको साढे ११ करोड हरायो

५ बर्ष अगाडि

काठमाडौँ – मलेसियाको एयर एसियाले नागरिक उड्डयन प्राधिकरणलाई करिब ४० करोड रुपैयाँ बक्यौताबापत बुझाएको १२ वटा चेक बाउन्स र १० वटा हराएको रहस्य खुलेको छ । ती चेकको कुल रकम ११ करोड २९ लाख ७७ हजार ६ सय ९५ रुपैयाँ छ । 

नेपाली कामदारलाई लक्षित गर्दै ६ वर्षअघि क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर रुटमा सस्तो भाडादरमा वाइडबडी विमान उडान थालेको एयरलाइन्सले त्रिभुवन विमानस्थलमा २०६९ देखि ०७४ सम्म अवतरण (ल्यान्डिङ), पार्किङ, एयर नेभिगेसन, विमानस्थल विकास शुल्क, भाडासहितको २७ करोड र विलम्ब शुल्क १३ करोड गरी कम्तीमा ४० करोड रुपैयाँ तिर्न बाँकी थियो ।

यो रकममध्ये एयर एसियाका तर्फबाट त्रिभुवन विमानस्थलमा बुझाइएको चेकको रकम हराएको जानकारी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दिए । एयर एसियाका तर्फबाट ११ करोड २९ लाख रुपैयाँबराबरका चेक विमानस्थलको अर्थ महाशाखा र राजस्व शाखामा बुझाएको देखिन्छ । विमानस्थलको खातामा भने जम्मा भएको देखिँदैन । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया