प्रधानन्यायाधीशको  इजलासबाट ‘शंकास्पद फैसला’

५ बर्ष अगाडि

काठमाडौँ –प्रधानन्यायाधीश ओमप्रकाश मिश्र सम्मिलित इजलासले कार्यविधि र मान्यता मिचेर फैसला गरेको भेटिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।  

 मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले माघ ७ गतेका लागि पेसी तोकिएको मुद्दा अगाडि नै तानेर किनारा लगाएको हो । 

‘माघ ७ का लागि पेसी तारिख तोकिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा अस्वाभाविक रूपमा अगाडि सारेर मंसिर १७ गते सुनुवाइ गरियो र एक सातापछि किनारा लगाइयो,’ सर्वोच्च अदालत स्रोतले भन्यो । ०७३–सीआर–०९१४ नम्बरको उक्त मुद्दा दुईपटक पेसी तोकिसकिएको छ ।

जिल्ला र उच्च अदालतले अपहरण तथा शरीर बन्धकको आरोप पुष्टि गरेपछि मुद्दा सर्वोच्च पुगेको थियो । अभियुक्तहरू हेमकर्ण पौडेल, सूर्य काँडे भन्ने सूर्य राई, अजिश श्रेष्ठ र रोशन तामाङविरुद्ध अपहरण आरोपमा २०७३ माघदेखि २०७४ जेठसम्म चलेका तीनवटा मुद्दा दर्ता भएका थिए ।

 पौडेल त्यति बेला कांग्रेसको इटहरी नगर सभापतिसमेत थिए । पटक–पटक सरेको मुद्दाको २०७५ मंसिर १७ गते पेसी थियो ।

सोही दिन सर्वोच्चले २०७५ माघ ७ का लागि पेसी तारिख तोक्यो । त्यसको भोलिपल्ट मंसिर १७ गते सर्वोच्चले अर्कोपल्ट २०७५ पुस १ गतेका लागि पेसी तारिख तोक्यो । फेरि भोलिपल्ट हटाएर मुद्दालाई हेर्दाहेर्दै भनी अर्को साताका लागि राखिदियो र २३ गते सुनुवाइपछि उच्च अदालतको फैसला उल्ट्याइदियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया