पुस आयो, तर आएन पानीजहाज

५ बर्ष अगाडि

काठमाडौं– चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले त संसदमा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिएका थिए । 

तर बिडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदीको स्थलगत अध्ययन समेत गरेको छैन ।

नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्याण्ड वाटर वेज’ अध्ययन समितिका प्रतिनिध हालसम्म पनि नदीको भ्रमणमा गएका छैनन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया