नेकपाको विश्लेषणः सरकारमाथि योजनाबद्ध आक्रमण

५ बर्ष अगाडि

काठमाडौँ – नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सरकारविरुद्ध भ्रामक प्रचार र जनताका गुनासा एवं असन्तुष्टिलाई अशान्तिमा रूपान्तरित गर्ने योजनाबद्ध प्रयास भइरहेको विश्लेषण गरेका छन् ।
पार्टी एकताको झन्डै ६ महिनापछि राजनीतिक र सांगठनिक विषयमा छलफलका लागि शनिबारबाट सुरु स्थायी समिति बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा उनीहरूले यस्तो विश्लेषण गरेका हुन्।

उनीहरूले यस्तो योजना ‘बुर्जुवा, राजतन्त्रवादी, पश्चगमनकारी यथास्थितिवादी र अतिवादी शक्तिले बुनिरहेको उल्लेख गरेका छन्। यस्ता शक्तिहरू जनमत उल्टाउन सक्ने अवस्थामा नरहेको तर उनीहरूका गतिविधिको सामना गर्नुपर्ने ओली–दाहालको निष्कर्ष छ।

‘सरकारविरुद्ध भ्रामक प्रचार गर्ने र जनताका गुनासालाई असन्तुष्टिमा र असन्तुष्टिलाई अशान्तिमा रूपान्तरित गर्न योजनाबद्ध ढंगले भइरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘लामो समयसम्म नेपालको अस्थिरतामा खेलिरहेका र अनुचित उद्देश्य प्राप्तिका लागि प्रयोगको थलो बनाएर अभीष्ट पूरा गर्न अभ्यस्त तत्त्वहरूका लागि राजनीतिक स्थायित्व, समृद्धि र आत्मनिर्भरताको बाटो पाच्य हुन सकेको छैन।’ कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया