पर्यटन विभागले कमायो चार महीनामै ४६ करोड

५ बर्ष अगाडि

काठमाडौँ– पर्यटन विभागले आलु आवको चार महीनामै रु ४६ करोड राजश्व सङ्कलन गरेको छ । विभागले यो वर्षका लािग रु एक अर्ब १३ करोड राजश्व उठाउने लक्ष्य लिएकामा प्रथम चौमासिकमै रु ४६ करोड राजश्व उठाउन सफल भएको हो ।

    विभागका महानिर्देशक डण्डुराज घिमिरेले विगतका वर्षभन्दा यो वर्ष लक्ष्यभन्दा उल्लेख्य रूपमा राजश्व सङ्कलन वृद्धि हुने अनुमान गरिएको बताउनुभयो । सङ्कलित राजश्वमध्ये सबैभन्दा बढी जुवाघर (क्यासिनो) बाट उठेको हो । अघिल्लो वर्ष क्यासिनोबाटै रु ५० करोडभन्दा बढी राजश्व उठेको थियो । विभागबाट दर्ता हुने होटल, ट्राभलआदि पनि राजश्वका मुख्य स्रोत हुन् ।
विभागले आव २०६४÷७५ एक अर्ब रु १३ करोड राजश्व उठाएको थियो । त्यस्तै आव २०६३÷७४ मा रु ६६ करोड मात्र राजश्व उठाएको थियो । विभागको सेवालाई थप गतिशील र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अघि बढाएको महानिर्देशक घिमिरेले बताउनुभयो ।

५ बर्ष अगाडि

प्रतिक्रिया