नेपालको पहिलो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ सिडी बिजय अधिकारीले जिते

५ बर्ष अगाडि

काठमाडौं – नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ सिडी बिजय अधिकारीले जितेका छन् ।
कतारको दोहामा शुक्रबार अबेर राती आयोजित ग्राण्ड फिनाले कार्यक्रममार्फत पहिलो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ छनौट गरिएको छ ।
भव्यरुपमा आयोजित ग्राण्ड फिनालेमा चार जना प्रतियोगीहरु सिडि बिजय, कुशल, सप्तक र श्रृजयले आफ्नो उत्कृष्ट कला प्रस्तुत गरे । उनीहरुले आफ्नो उत्कृष्ट प्रस्तुती दिएसँगै बाँकी तीन जना प्रतियोगीहरुलाई उछिनेर टिम दिपका सिडी बिजय अधिकारी पहिलो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ छनौट भएका हुन् ।
चारै जना फाइनलिस्टहरुमध्ये दर्शकहरुको भोटको आधारमा बिजेता चयन भएको हो । नेपालको पहिलो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ बिजेता सिडी बिजय अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा रेनोको क्विड कार प्राप्त गरे । त्यसैगरि बिजेताले २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्ने अवसर पनि पाएका छन् ।
नेपालको पहिलो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ बिजेताको घोषणा हास्य कलाकारद्धय सिताराम कट्टेल ९धुर्मु😉 र कुन्जना घिमिरे ९सुन्तली० ले घोषणा गरेका थिए ।
गायन प्रतिभा प्रस्फुटन गर्ने नेपालकै नम्बर एक रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए ।
फिनालेमा पुगेका चारैजनाले आफ्ना कोचहरुको साथमा पनि आफ्नो प्रस्तुती दिएका थिए । ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ग्राण्ड फिनालेमा फाइनलिस्टहरुका साथै सेमीफाइनलमा पुगेका टप ८ प्रतियोगीहरुले पनि आफ्नो प्रस्तुती दिएका थिए । 
शुक्रबार आयोजित ग्राण्ड फिनाले नेपालमा कान्तिपुर टेलिभिजन र डिस होमको रमाइलो टिभीबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया