हामी ले खाने फूल शाकाहारी कि मांसाहारी ?

५ बर्ष अगाडि

डा. केदार कार्की
शाकाहारीले खाने फूललाई आफ्नो आहार सुचीमा संलग्न गरेका छन् यसलाई उनीहरुले शाकाहारीको श्रेणीमा राखेका छन् तर यो फूल कुुखुराले पार्दछ । अर्को तर्फ मांसाहारीले यसलाई आफ्नो आहार सुचीको अभिन्न अंग मानेका छन दाबी गर्दछन् । फूललाई प्रोटिनको उत्कृष्ट श्रोतको रुपमा मानिन्छ । यस्को सुपाच्यताका कारण यो आर्दशका रुपमा सवै उमेर समुहका लागी सुहाउदो मानिन्छ । फूलले शाहाकारी आहार सुचीमा बढ्दो रुपमा स्व्ीकार्यता पाउदै गरेको देखिन्छ । खास गरी शहरी क्षेत्रमा जस्को परीणाम महानगर एंव शहरी एंव शहर उन्नमुख क्षेत्रमा यस्को माग बढ्दो छ तीब्र रुपमा ।

कुखुराको फूल बिशिष्ट संरचनाबाट बनेको हुन्छ जस भित्र कुखुराको शरीर बाहीर भ्रुणको बिकाश हुन्छ । प्रकृतिले फूल भित्रनै बिकशीत हुदै गरेको भ्रुणको लागी चाहीने सवै खाले खाद्यय सामाम्री को व्यवस्था गरेको हुन्छ । यसरी फूलले बिकशीत हुदै गरेको भ्रुणलाई सुरक्षीत गर्नुका सार्थ पूर्ण आहार उपलब्ध गराउछ जुन चल्ला कोरली सके पछि को ा४८ घण्टाको लागी पुग्ने हुन्छ । पूणै बिकशीत फूल फूलको बोक्रा दुई (मेम्वरान) झिल्ली एलबुमिन वा सेतो भाग योल्क वा पहेलो भाग तथा जमीनले डिस्क बाट बनेको हुन्छ । शेल फूलको बाहिरको भाग मानिन्छ । यो र दुइ अरु झिल्ली मिलेर फूल भीत्रका अन्य सामाग्रीहरुको लागी सुरक्षा कबच बनाउँछ । बोक्रामा हुने कुनै क्षतीले फूल भीत्र भएको खान हुने भागको गुणस्तरमा हस आउँछ । ओथारेको बेला फूलको बोक्रा बिकशीत हुदै गरेको भ्रुणको लागी कमालसीयमको आपुर्ती श्रोतको रुपमा काम गर्दछ । फूलको बोक्रामा हुने छिद्र तथा झिल्लीहरुले फूल भित्र बाहीर ग्यास हरु सापफेर गर्न मद्दत गर्दछ जस्ले भ्रूणलाई स्वास प्रस्वास गर्न सजिलो हुन्छ ।फूलको बोक्रा नाजुक  तथा सजीलै फुट्ने खालका हुन्छन् । फूलको बोक्रा र झिल्ली मिलेर फूलको कूल तौलको ११ प्रतिशत भाग ओग्छ ।

फूलको बाहिरी र भित्रि झिल्ली हुने गर्दछ । भित्री र बाहिरी झिल्लीहरु क्रमस:
दुई वा तीन तह  वा बढी एकै खाले असंगठीत एक आपसमा गासिएका गुथिएका प्रोटिनका रेसाको संजाल बाट बनेको हुने गर्दछ । यी झिल्ली धेरै पातलो त हुने गर्दछन् तर पनि एकदम कठोर र बलियो हुने गर्दछन् । यी झिल्लीहरु एव बोक्रा मिलेर फूलको भित्रि भागको सवल सुरक्षा गर्दछन् ।

फूलपार्ने वेलामा फूलमा कुनै वायु कोशीका हुदैन । फूलभीत्रको सामाग्रीहरुले फूलको बोक्रा पुरै ओगटेको हुन्छ । कुखुराको शरीरमा फूल करीव ४० डिग्री सेन्टीग्रेण तापक्रममा रहेको हुन्छ । फूल पारी सकेपछि या क्रमस कम तापक्रममा उजगार भइरहेको हुन्छ । फूल जसै बाहीरीह हावाको संर्पकमा आउछ फूलको बोक्राको माथिल्लो परतको चिस्यान वाष्पीकरणका सारण सुकेर जान्छ । बाष्पीकरण तथा न्युन तापक्रमको संर्पकका कारण फूलमा चिस्याइलो प्रभाव पार्दछ । जस्ले फूलमा भएका भित्रिसामाग्रीहरु सुम्चिन पुग्दछन ।बोक्राा भन्दा योक र अबलुमीन बढी सुम्चन्छन् । सामान्यतया फूलको फराकिो भाग तीर बायु कोशीका अवस्थीत हुन्छ ओथारोको अतीम आवश्थामा फूलभित्रको चल्लालाई सास फेर्न आवश्यक पर्छ चल्लाको चुच्चो यतै पटि फर्किएको हुन्छ । 

फूलको सेतो झिल्लीएलवुमेन , सफा पारदर्शी बेरँग चिपचिपे भाग पहेलो दाग सहित को हुने गदर्छ । सिलाई एलवुमेन स्किारण भनिन्छ कि यो पकाउदा दुध जस्तो निख्खर सेतो भएर गुजील्टीन्छ । सामान्य तया फलमा वाक्लो सेतो र तरल सेतो गरी यस्को प्रष्ट दुइ भाग हुने गर्दछ । अलवेमेनले कूल फूलको ५८ प्रतिशत तौल ओगट्छ जसमध्ये ३४ प्रतिशत बाकलो र बाँकी पातलो सेतो भागले लिने गर्दछ ।
योक फूलको पहेलो भाग अबलुमेन भीत्र संलग्न भएको पहेलो सामाग्री मानिन्छ । यो फूलको महत्वपूणै भाग मानिन्छ। यस्मा बिकशीत हुदै गरेको भ्रुण तथा चल्ला कोरेली सकेपछिको केही दिनका लागी चाहीने महत्वपूर्ण पोषक तत्व हुने गर्दछ ।

बाँझो (बतासे) फूल :
बाझो बतासे फूलमा पोथीको प्रजनन नामीक भालेको शुक्रकिटाणु सँग समागम भई निषेचित भएको हुदैन । यस्ता फूलहरु चल्लाउत्पादनगर्न असक्षम हुने गर्दछन् र निष्प्राण फूल मानिन्छन् । बतासे फूलमा अनुकूलतम ओथारोका बातावरण हुदा हुदै पनि जनन भ्रुण कोशीका को बिकाश हुदैन । यदि बाझो बतासे फूल उत्पादन गरीने हो भने पोथी सँग भाले मिसाएर राखिनु हुन्न नत पोथीलाई कृत्रिम गर्भाधान गराउनु पर्छ । कहिले काही कृत्रिम गराएको कुखुराको बथानमा वा भाले लगाएकोमा पनि केहि प्रतिशत फूल बतासे बाझो हुने गर्दछन् । यसैले यस्ता फूल लाई शाकाहारी भनिन्छ ।

उर्बर फूल:
यस्ता खाले फूलमा जनन कोशीकाहरु भाले को शुक्रकिट सँग समागम भई निषेचित भएको हुन्छ  । यो निषेचन प्रकृया फूल पार्ने २५ घण्टा पहले हुने गर्दछ । निर्षचित भए लगतै प्रजनन नामीक बतासे फूको भन्दा ठूलो हुन्छ । ओथारोमा राखेको २–३ दिन पछि उर्वर फूल पहिचान गर्न सकिन्छ जव फूलमा प्रकाश पठाई जाँच गर्दा बिकशीत हुदै गरेको भ्रुण प्रष्ट देखिन्छ । यो खैरो बोक्रा भएको फूलमा भन्दा सेतो वोक्रा भएको फूलमा सजिलै छुट्याउन सकिन्छ । यसरी अव हामी प्रष्ट हुनसक्छौ कुन फूल शाकाहारी श्रेणीमा प¥यो कुन माशाहारीमा आजका व्यापारीक व्यावसायीक लेयर पालन यसै सिद्धान्तमा आधारित छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया